बलात्कार गरेको आरोपमा भारतिय नागरिक पक्राउ


बिजय चालिसे, कावासोती ।
नवलपुरको हुप्सेकोटबाट बलात्कारको आरोपमा एक भारतिय नागरिक पक्राउ परेका छन् । हुप्सेकोट गाउँपालिका २ कोलियाकी शारीरिक अपङ्गता भएकी झन्डै ४० वर्षिय महिलालाई बलात्कार गरेको उजुरीका आधारमा आज बिहान भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

भारत बिहार मोतियारि घर भइ हाल कावासोती नगरपालिका १६ डण्डामा डेरा गरि बस्ने भुनेश कुसवाहालाई पक्राउ गरिएको डिएसपी रानाभाटले बताउनु भयो ।

कुशवाहाले कवाडी संकलन गर्ने गरेको र त्यसै क्रममा हुप्सेकोटको जङ्गलमा बलात्कार गरेको परिवारको आरोपपछी पक्राउ गरिएको प्रहरीले जनाएको छ । बोल्न नसक्ने ती महिलाको मेडिकल टेस्ट गरि कुसवाहा माथी थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक रानाभाटले बताउनुभयो ।