महानगरका सडकमा सफाइसँगै फोहर   


काठमाडौँ, काठमाडौँ महानगरपालिकाले दैनिक रुपमा बु्रमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छैन ।

अहिले ब्रुमर नपुगेका ठाउँका स्थानीयवासी आफ्नो ठाउँमा बु्रमर नआइपुगेको गुनासो गरिरहेका छन् भने अर्कातिर बु्रमरले अहिले सफा गरिरहेको सडकमा दैनिक फोहर आइरहेको छ । महानगरपालिकाले सडकमा रहेका खाल्डाखुल्डीका कारण ब्रुमुर चलाउन कठीन भएपछि सडक विभागलाई खाल्डा पुर्न र मेलम्ची खानेपानी आयोजनालाई खनेका ठाउँमा पुर्न भनिरहेको छ ।

सडकमा रहेका खाल्डोसँगै हिलो माटो समस्याका रुपमा रहेको महानगरको वातावरण महाशाखाले जनाएको छ । भूकम्पपछि काठमाडौँका धेरै ठाउँमा पुनःनिर्माणको काम भइरहेको छ । सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी, काठमाडौँ भ्युटावर र बसपार्कलगायतका संरचना निर्माणका क्रममा त्यस स्थानबाट आएको र सवारीसाधनले ल्याएका हिलो माटोले सफा गर्न समस्या भएको वातावरण विभागका प्रमुख हरि श्रेष्ठले बताउनुभयो ।

निर्माणका क्रममा प्रयोग हुने सामग्री यत्रतत्र छरेर राख्दा निस्कने फोहरले पनि समस्या भएको महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगर प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माणका क्रममा प्रयोग हुने सामग्रीलाई पनि काम सकेपछि निश्चित स्थानमा राख्न र खानेपानीका पाइपका लागि खनिएका खाल्डाखुल्डी यस अघिजस्तो लामो समयसम्म नराखी तत्काल पुर्न अनुरोध गर्दै आउनुभएको छ ।

महानगरले बु्रमर सञ्चालन गरेको एक साता हुँदा सडकबाट दैनिक दुई सय टन धुलो सङ्कलन गरिरहेको छ । महानगरले अघिल्लो साता बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट पाँच बु्रमर ल्याइएका थिए ।

हरेक दिन पाँच यन्त्रले निर्धारण गरेका रुट अनुरुपनै काम गरिरहेका जनाइएको छ । चावहिल, पुतलीसडक, कलङ्कीलगायतका स्थानीयवासी आफ्नो क्षेत्रमा कामपाले सफा गर्न ल्याएका यन्त्र नआएका भनेर गुनासो गरिरहेका छन् । महानगरले तयार गरेको रुट अनुरुप काम भइरहेको र क्रमिक रुपमा सबै स्थानमा पु¥याइने प्रमुख श्रेष्ठले बताउनुभयो ।

सडक विभागले मुख्य सडकमा रहेका खाल्डा हटाएर महानगरपालिका र सडक विभाग दुबैका ब्रुमर सहज रुपमा सञ्चालन गरिने जनाएको छ । महानगरले गत साताबाट मात्रै सञ्चालन गरेपनि सडक विभागले गत पुसदेखि सडकमा रहेको धुलो हटाउन ब्रुमर सञ्चालनमा ल्याएको महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

विभागका तीन र महानगरका पाँच बु्रमुरले सडकमा रहेका फोहर हटाउने काम गरिरहेको उहाँले बताउनुभयो । सडक विभागले आफैँले देखेका वा कसैले सूचना दिएका आधारमा खाल्डा देख्नासाथ टाल्ने काम गरिरहेको महानिर्देशक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विभागले काठमाडौँका आठ मिटरभन्दा बढी चौडाइका सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिएको हो ।

महानगरभित्र मेलम्ची खानेपानी आयोजनाले पाइप विच्छ्याउन धेरै ठाउँमा सडक खनेको छ । सडक खनेका ठाउँमा आयोजना आफैँले पुर्नुपर्ने उहाँले बताउनुभयो । काठमाडौँमा सडक विस्तारका काम भइरहेका सडकमा खाल्डाको समस्या भए पनि अहिले त्यो हट्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

“चाबहिलदेखि साँघु र त्रिपुरेश्वरदेखि थानकोट सडकमा उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ”, उहाँले भन्नुभयो,“अबको तीन चार महीनामा दुबै सडक सम्पन्न भएसँगै यहाँ रहेका खाल्डोको समस्या हट्नेछ ।” सडक विभागका तीन ब्रुमर छन् । तीमध्ये अहिले दुईले काम गरिरहेको विभागले जनाएको छ । पहिले यी बु्रमर कहिलेकाहीँ सञ्चालन भए पनि अहिले नियमित रुपमा सञ्चालन भइरहेका महानिर्देशक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिका र विभागले समन्वय गरेर बु्रमर चलाइरहेका छौँ ।”

महानगरपालिकाका पाँच बु्रमर सञ्चालनका लागि हाल पाँच सडक क्षेत्र तय गरिएको छ । ब्रुमरको रुट टेकुबाट शुरु गरी सोल्टिमोड हुँदै कलङ्की, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्ध सालिक, महाङ्काल, जमल, लाजिम्पाट, शीतल निवास, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्म रहेको छ । त्यस्तै, अर्काे रुट टेकुबाट शुरु गरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, बानेश्वर, तीनकुने हँुदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म र त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर, पेप्सिकोलासम्म दोस्रो रुट छ ।

टेकुबाट सुन्धारा हुँदै भोटाहिटी, विश्वज्योति, घण्टाघर, भद्रकाली, सिंहदरबार, पुतलीसडक, कमलादीमोड, हात्तीसार, जय नेपाल हल, दरबार मार्ग, कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौँ प्लाजासम्मको रुट रहेको छ । ब्रुमरले दरबारमार्गमा रहेको महेन्द्र शालिकबाट नारायणहीटी हुँदै केशरमहल चोक, त्यहाँबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भविभाग अगाडिको चोक, नारायणहिटी उत्तर गेट, गैरीधारा, प्रधानमन्त्री निवास, रसियन दूतावास, हुँदै शितल निवास, पानी पोखरी, लौनचौर, सोह्रखुट्टेसम्मको सडक सफा गरिँदै आएको छ ।

त्यस्तै अर्काे रुट कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, सिनामङ्गल एअरपोर्ट गेट, गौशाला, चाबहिल, होटल हायात चुच्चेपाटी, बत्तीसपुतली र प्रदर्शनी मार्ग रहेको छ । पाँचौँ क्षेत्रअन्तर्गत न्यूरोड गेट, वसन्तपुर, इन्द्रचोक, केशरमहलबाट त्रिदेवीमार्ग, रत्नराज्य स्कुल, थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सीतापाइला, बालाजु, गोँगबु, नारायणगोपाल चोक र चाबहिलको सडक रहेको छ ।

महानगरका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।
रासस