संघनायक भिक्षु अश्वघोषको निधन


अन्तिम श्रद्धाञ्जलीका क्षेत्रपाटीस्थित भिक्षु तालिम केन्द्रमा लगिँदै

नेपाल समाचारपत्र
काठमाडौं,
नेपालका संघमहानायक भिक्षु अश्वघोष महास्थविर रहेनन् ।

९३ वर्षको उमेरमा शुक्रबार दिनको १: ३० बजे टोखास्थित ग्राण्ड इन्टरनेसनल हस्पिटलमा उहाँको निधन भएको छ ।हस्पिटलको हाई उपचारमा युनिटमा उपचार गराईराख्नुभएका भिक्षुको स्वास्थ्य तीन सातादेखि गम्भीर बन्दै गएको थियो ।

भिक्षुमा रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जमेको उपचार गराउँदा गराउँदै निधन भएको चिकित्सक अमित गौलीले जानकारी दिनुभयो ।

डेढ महिला अघि झाडा पखाला लागेर अस्पताल जमलस्थित ग्रान्डी सिटी अस्पतालमा उपचार गराउनुभएको थियो । भिक्षुको स्वास्थ्यस्थित क्रमशः गम्भीर बन्दै गएपछि तीन साता अघि ग्राण्ड अस्पतालमा लगिएको थियो । केही साता अघि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको थियो ।

बुद्धको धर्मका विविध पक्षलाई सामाजिक, व्यावहारिक र जीवनपयोगी जोडेर अध्ययन गर्ने धाराको शुरुआत गर्नुभएका भिक्षु अश्वघोषलाई प्रगतिशील र सक्रिय भिक्षुको रुपमा चिनिन्छ ।चिनिया कम्युनिष्ट नेता माओत्सेतुङसंगको भेटघाटबाट निकै प्रभावित भएका भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाका सदस्य हुनुहुन्थ्यो ।

त्यसैगरी २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उहाँलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरिएको थियो ।भिक्षुका करिब डेढ सय पुस्तक प्रकाशित भइसकेको छ । उहाँ नेपालमा भिक्षु संघको तालिमको अवधारणा भित्र्याउनुहुने पहिलो भिक्षु पनि हुनुहुन्छ ।

उहाँको अन्तिम श्रद्धाञ्जलीको लागि उहाँले स्थापना गर्नुभएको संघाराम भिक्षु तालिम केन्द्रमा लगिने अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डन्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।