रसुवामा वन्यजन्तु सप्ताहको तयारी पूरा

0
Shares

–ज्ञानिन्द्र न्यौपाने

रसुवा, । आगामी वैशाख १ गतेदेखि साताव्यापी रुपमा मनाइने वन्यजन्तु सप्ताह तथा रातोहाब्रे संरक्षण जागरण अभियानको आवश्यक तयारी पूरा भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज तथा गोसाइँकुण्ड गाउँपालिकाले संयुक्त रुपमा वन्यजन्तुको संरक्षणमा जागरण बढाउन साताव्यापी मिनि रसुवा महोत्सवकै रुपमा वन्यजन्तु सप्ताह मनाउन लागेका हुन् ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा वन्यजन्तु सप्ताहको साथ साथै पर्यटन प्रर्वद्धनका लागि सन् २०१९ लाई गाउँपालिका पर्यटन भ्रमण वर्षका रुपमा समेत मनाउने तयारी भएको गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले जानकारी दिनुभयो ।

छयालीस भन्दा बढी स्तनधारी जनावर तथा विश्वमा दुर्लभ मानिने रातोहाबे्र९रेडपाण्डा० भएको निकुञ्ज क्षेत्रको जैविक विविधता संरक्षणमा सहयोग पु¥याउन सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको र कार्यक्रमले संरक्षणमा थप प्रभावकारीता आउने अपेक्षा गरिएको निकुञ्जले जनाएको छ ।

वन्यजन्तु सप्ताहको मुख्य उद्देश्य वातावरण र वन्यजन्तु संरक्षण तथा गन्तव्यको जागरण, सुरक्षित पर्यटकिय गन्तव्यको विकास र सहभागिता मुलक कार्यक्रम निमार्ण र कार्यान्वयन प्रमुख उद्देश्य रहेको बताइएको छ । प्रकाशित कार्यक्रमअनुसार संरक्षणको प्रचारप्रसार, प्रभातफेरी, चरा अवलोकन, रातोहाब्रे ट्रफी भलिबल तथा ब्याटमिन्टन, वतृत्वकला, पर्यटकीयस्थलको अवलोकन, स्थानीय कला संस्कृति झल्काउने विविध सांस्कृतिकलगायत विविध कार्यक्रम सञ्चालन गरिने छ ।

यसैगरी उक्त कार्यक्रम अन्तर्गत हेलिकोप्टरबाटसमेत गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको अवलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो । कार्यक्रमका आयोजक गाउँपालिका र निकुञ्जलाई संरक्षणमा संलग्न दर्जनांै सहयोगी सङ्ख्याले सघाउने बताइएको छ ।

गोसाइँकुण्ड धार्मिक मार्ग खुल्ला

हिमपातका कारण लामो समयदेखि बन्द गोसाइँकुण्ड धार्मिक एवं पर्यटकीय मार्ग खुल्ला भएको छ । पर्यटन व्यवसायी निशान गजुरेलकाअनुसार स्थानीय व्यवसायीको प्रयासबाट पैदलमार्गको हिउँ पन्छाइ धार्मिकयात्रु एवं पर्यटक गोसाइँकुण्ड जानका लागि सहज वातावरण भइसकेको छ ।

लौरी विनायकदेखि माथिल्लो क्षेत्रका पाखामा सेताम्मे हिउँ देखिए पनि हिँड्ने मार्गको ट्र्याकमा रहेको हिउँ स्थानीय व्यवसायीले हटाएपछि दैनिक २० भन्दा बढी पर्यटक एवं यात्रु ओहोरदोहोर गर्न थालिसकेकेका उहाँले बताउनुभयो । गोसाइँकुण्डमा रहेका होटल तथा लज खुल्ला भई गोसाइँकुुण्ड पुग्ने सबैले रातको समयमा पनि सहज रूपले वास बस्न थालिसकेका पर्यटन व्यवसायी गजुरेलले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित धार्मिक एवं पौराणिक उक्त तीर्थमा हरेक वर्षको जेठ महीनाको गङ्गा दशहरा र भदौ महीनामा लाग्ने जनैपूर्णिमा पर्वको मेला केन्द्रित गरी ठूलो मेला लाग्ने परम्परा भए पनि विसं २०७२ को भूकम्पपछि यात्रु बाह्रैमहीना निरन्तर गोसाइँकुण्ड जाने गरेका चन्दनबारीका पर्यटन व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो ।

धार्मिक मार्गको चन्दनबारी, लौरीविनायकदेखि गोसाइँकुण्डसम्म यात्रुको भोजनका लागि आवश्यक नून, तेल, दाल, चामल जस्ता अत्यावश्यक खाद्यान्न खच्चरद्वारा ठाउँ ठाउँमा ढुवानी भई सकेकाले हिमाली क्षेत्रको यात्रामा खान र बाँस बस्न कुनै समस्या नपर्ने होटल व्यवसायीले बताएका छन् ।
रासस