सेतीनदीमा जलयात्रा गर्ने बढे

0
Shares

डोटी ।
गर्मी मौसम शुरु भएसँगै सेती नदीमा जलयात्रा ९¥याफ्टिङ०का लागि आउने पर्यटकको सङ्ख्यामा एकाएक वृद्धि भएको छ । जलयात्राका लागि ख्याति कमाएको सेती नदीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायी समेत उत्साही भएका छन् । जाडोयामको समाप्तिसँगै गत फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउन थालेका छन् ।

जिल्लामा रहेको चेम्बर अफ कमर्सले सेती नदीमा ¥याफ्टिङ शुरु गरेपछि पर्यटक आउन थालेको पिपल्लाका व्यवसायी टीका भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “चेम्बरले जलयात्रा शुरु गरेपछि अहिले जलयात्राका लागि विभिन्न ठाउँका मानिस आउन थालेका छन्, राम्रै भएको छ ।” जलयात्रा शुरु भएसँगै यहाँ पर्यटकले निकै आनन्द लिन थालेकाछन् ।

छोटो र पारिवारिक जलयात्राका लागि ‘फेमिली रिभर’का रुपमा चिनिएको सो नदीमा आउने पर्यटकको घुइँचो लाग्न थालेको चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “सेतीमा जलयात्रा गर्नु जस्तो अरु ठाउँमा कही छैन, पारिवारिक रुपमा आनन्द लिन सकिने भएकाले पनि यहाँको जलयात्रा राम्रो हुदैछ ।” समथर र कम बहाब भएकाले नागरिक अन्य नदी भन्दा सेती नदीलाई बढी रोज्ने गरेको दाङ जिल्ला घर भई सेती नदीमा जलयात्रा गर्न आएका शुरेसचन्द्र डिसीले बताउनभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिममा के छ भनेर सोध्दा टीकापुर पार्क, कर्णाली पुल, शुक्लाफाँटा निकुञ्ज, खप्तड भन्थ्ये, यतिमात्र होइन यहाँ त दिपायलको सेती नदीमा ¥याफ्टिङ पनि रहेछ सारै आनन्द आउँदो रहेछ ।” जल यात्राका लागि सेती नदीमा अहिले स्वदेशी पर्यटकसँगै विदेशी पर्यटकको समेत आवागमन बढेको दिपायलका बासिन्दा तेज डुम्रेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सेती नदीमा स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि जलयात्राका लागि आउने गरेका छन्, अरु ठाउँ भन्दा सेती नदी जलयात्राका लागि राम्रो भएको उनीहरुको अनुभव छ ।” कुनै÷कुनै पर्यटकले जिल्लाको शिखर नगरपालिका बानीडुग्रीसैनबाट आफनो जलयात्रा शुरु गरी कैलालीको कर्णाली नदीको चिसा पानीमा पुगेर यात्रा टुङ्ग्याउने गर्दछन् । करीब तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको स्थानीयवासी बताउँछन् ।

सेतीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । उक्त नदीको जलयात्रा विश्वका अन्य नदीको भन्दा रोमाञ्चक हुने गरेको पर्यटको भनाइ छ । जलयात्राका लागि काम गर्ने कुनै निकाय नभएकाले जिल्ला बाहिरबाट विभिन्न पर्यटक व्यवसायीको सहयोगमा डुङ्गा ल्याएर चेम्बर अफ कमर्सले ¥याफ्टिङ सञ्चालन गरेको हो ।

नदीमाथिका संरचना बिगार्ने, जलयात्रा शुरु हुने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्ने कामले जलयात्रा सञ्चालन असहज हुने गरेको होटेल व्यवसायी गणेश बोहराले बताउनभयो । उहाँले भन्नुभयो, “जलयात्रा गर्ने ठाउँका संरचना भत्काउने, बालुवा झिक्ने काम बन्द गर्नुपर्छ ।” उहाँले यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र नजिकै रहेका खोलाको बीचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेकाले हटाउन पहल गर्नुपर्ने बताउनुभयो ।
रासस