पत्रकार र मानवअधिकार रक्षकलाई सुरक्षा चुनौती बढेको गुनासो

0
Shares

ओखलढुंगा ।
पत्रकार र मानवअधिकार रक्षकहरुले सुरक्षा चुनौति थपिएको गुनासो गरेका छन् । जनप्रतिनिधी, दलका नेता र सरकारी निकायबाटै चुनौति व्यहोर्नु परेको उनीहरुको गुनासो छ ।

राष्ट्रिय मानवअधिकार आयोगले ओखलढुंगामा आयोजना गरेको मानवअधिकारको अवस्था र मानवअधिकार रक्षकलाई अभिमिूखिकरण कार्यक्रमममा सहभागी पत्रकार र मानवअधिकार रक्षकहरुले यस्तो गुनासो गरेका हुन् । स्थानीय तहका जनप्रतिनिधी, दलका नेता र सांसदबाट समेत समाचारका विषयमा नकारात्मक टिप्पणी गर्ने, फेला परेका तथ्य सार्वजनिक गर्न डराउनु पर्ने अवस्था आएको पत्रकार विवेश श्रेष्ठले बताए । उनले भेटिएका अनियमितता पनि डराइ डराइ लेख्नु पर्ने, सुचना नपाइने र कतिपय अवस्थामा देखेर पनि नदेखेझैं गर्नु पर्ने अवस्था आएको बताए ।

जिल्लामा लैंगिक हिंसा, बलात्कार तथा यौनजन्य हिंसाका विषय उठान गर्दा दल र जनप्रतिनिधीबाटै अवरोध आउने गरेको दलित अधिकारकर्मी तथा जिल्ला समन्वय समितिका सदस्य सुन्तला परियारले बताइन् । उनले दलित तथा अल्पसंख्यलाई दलहरुबाटै विभेद हुने गरेको, आफुदलित भएकै कारण वडामा सदस्य मात्रै टिकट पाएको गुनासो गरिन् । उनले राजनीतिक नेतृत्वमा आनवअधिकार, समावेशिकरण र समानुपातिक अवधारणाबारे स्पष्ट नहुँदा अन्य समुदायले दुख पाएको बताइन् ।

दलित अधिकारकर्मी भलामान विकले किसानहरुले राज्यका निकायले दिने सेवाहरु नपाइरहेको बताए । अपांगता भएका, जेष्ठ नागरिकले यातायातमा पाउने सुविधान नपाएको बताए । उनले भ्रष्टाचार, र सुशासनका कुरा उठाउने पत्रकार र अधिकारकर्मीमाथि मानसिक रुपमा यातना हुने खाले व्यवहार हुने गरेको बताए । प्रतिशोधको बदला लिएर उनीहरुमाथि व्यवहार गरिने भएकाले असुरक्षा महसुस हुने उनको भनाइ छ ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष सचना राजभण्डारीले महिला हिंसा लगायतका विषय उठान गर्दा सुरक्षा निकायले चासो नदिएको बताइन् । नागरिक समाजको आवाज सुनुवाइ नहुने उनको भनाइ छ ।

महिला मानवअधिकार रक्षक पेमडोमा शेर्पाले सरकारी निकायबाटै मानवअधिकार हनन् भइरहेको र सुनुवाइ उनीहरुले नै नगरेको गुनासो गरिन् । पीडित भएर आउने व्यक्तिलाई न्याय दिन आलटाल गर्ने गर्नेको उनको गुनासो छ ।

जनप्रतिनिधी नै विभेदमा

कार्यक्रममा सहभागी अधिकारकर्मी तथा दलित जनप्रतिनिधीहरुले आफुहरु नै जातीय विभेदमा पर्ने गरेको बताए । उनीहरुले धारामा पानी थाप्दादेखि छरटिमेकमा हुने भोजभतेरमा विदेभ हुने गरेको बताएका छन् । दलित अगुवा होमबहादुर विकले छरछिमेकीले भोज भतेरमा नबोलाउने गरेको बताए ।

उनले पहिले पहिले अरुले खाइसकेपछि भोजमा राखिने र विभेदका कुरा उठाएपछि बोलाउनै छाडेको उनले अनुभव सुनाए । सञ्चारकर्मी सरस्वती बानियाँले गाउँघरमा दलितहरुलाई छुट्टै स्थानमा राखेर भोज भतेरमा खान दिइने गरेको बताइन् । दतिल अगुवा सुनिता नेपालीले जागिरमा समेत दलित भनेर विभेद गरेको गुनासो गरेकी छन् । उनले आफ्ना छोरालाई एक संस्थामा जागिर नै नदिएको मानवअधिकार आयोग समक्ष गुनासो गरिन् ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले सञ्चारकर्मी र मानवअधिकार रक्षकहरुसंग मिलेर आयोग काम गर्न तयार रहेको बताए । पत्रकार अग्रभागका मानवअधिकार रक्षक भएकाले एकजुट भएर चुनौति सामना गर्न आग्रह गरे । उनले विभेद र असुरक्षाका घटना भए सम्बन्धित निकायमा उनुरी गर्न सुनुवाइ नभएमा आयोगमा उजुरी गर्न अनुरोध गरेका छन् ।

आयोगले मानवअधिकार सम्बन्धी विषयलाई उच्च प्रथामिकतामा राखेर अनुगन गरिहेको पनि सचिव भट्टराईले बताए । जिल्लामा उठेका सवालहरुलाई आयोगको नीति निर्माण तहमा समेत छलफल हुने भट्टराईको भनाइ छ । ओखलढुंगाको मानवअधिकार र मानवअधिकार रक्षकहरुको अवस्थाको अध्ययन गर्न आयोगका सचिव भट्टराईसहितको टोली ओखलढुंगा आएको थियो ।