बेवारीसे शिशु जन्माएपछि आत्महत्या


अमृत अर्याल, स्याङ्जा ।
जिल्लाको भीरकोट नगरपालिका ७ की एक महिलाले बेवारीसे शिशु जन्माएर घर नजिकैको बारीमा फाले पछि आफूले पनि आत्म—हत्या गरेकिछन् ।

स्थानीय गम्वर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सुचना पाएपछि घट्ना स्थलमा पुगेको प्रहरीले छिमेकी वेगबहादुर अधिकारीको मलखातमा सालनाल भेटाएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुशार वेग वहादुर अधिकारीकी २२ वर्षिया छोरी स्नेहाले अवैध सम्वन्ध वाट वच्चा जन्माएर गाडेको र आफुले पनि आत्महत्या गरेककी हुन् ।

बच्चाको प्रकृति हेर्दा पूरा अवधी पुगेर जन्मिएको देखिन्छ । आफ्नै गोठमा स्नेहाले चुन्नीको पासो लगाई छट्पटाई रहेको अवस्थामा स्थानियले देखेपछि हसियाले चुन्नी काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउदै गर्दा उनको मृत्यु भएको हो ।

शिुशु र स्नेहाको शवलाई पोष्मार्टम पछि परिवारलाई बुझाएको प्रहरीले जनाएको छ । स्नेहाले अबैध रुपमा शिशु जन्माए पश्चात आफूले पनि मृत्यूवरण गर्न पुगेको प्रहरीले जनाएको छ । शिशुको थप पहिचानको लागि डिएनए परिक्षणका लागि नुमना संकलन गरीएको प्रवक्ता भण्डारीले जानकारी दिए । यसवारे थप अनुसन्धान भईरहेको जानकारी भण्डारीले दिनुभयो ।

यता वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि स्नेहाले वच्चा जन्माएको पोष्टमार्टमा देखिएको जनाएको छ । स्वास्थ्य केन्द्रका डाक्टर सुवास पौडेलका अनुशार पोष्टमार्टममा स्नेहाले वच्चा जन्माएको देखिन्छ तर उनको वच्चा हो वा होईन भन्ने विषयमा डिएनएको परिक्षण पश्चात मात्रै पत्ता लाग्ने छ ।

शिशु जिवित वा मृत जन्माएको भन्ने विषय भने खुलीसकेको छैन । दुवै शवलाई वेगबहादुर अधिकारीको जिम्मा लगाएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।