३ दिन देखि बेबारिसे बृद्धलाई वडा अध्यक्षद्धारा उद्धार


रामचन्द्र वि.क, रामेछाप ।
उमेरले ६० वर्ष नाघेका जस्ता देखिने एक बेवारिसे बृद्ध तीन दिन देखी बिरामी भई मन्थली स्थित तामाकोशी सहकारी अस्पतालको हाता छेउमा लडिरहेका एक बृद्धलाई मन्थली नगरपालिका–१ का वडा अध्यक्ष नारायणदास श्रेष्ठले उद्धार गरेका छन् ।

विरामी अबस्थामा रहेका ती बृद्धलाई वडा अध्यक्ष श्रेष्ठले तामाकोशी सहकारीमा उपचार गराएर थप उपचारको लागि जिल्ला अस्पताल रामेछाप पठाएका छन् । आफ्नो नाम, ठेगाना र परिवारका सदस्यहरु केही बताउन नसक्ने ती बृद्ध केही दिनदेखी तामाकोशी सहकारी अस्पताल छेउमा लडिरहेका थिए ।

विरामी बृद्धलाई खानपिनमा लागेको खर्च र उपचारमा लागेको खर्च व्यक्तिगत रुपमा व्यहोरेर उनलाई थप उपचार र आफन्त पत्ता नलागेसम्म रेखदेख गर्नको लागि रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासँग सहकार्य गरि रामेछाप अस्पताल पठाइएको वडा अध्यक्ष श्रेष्ठले जानकारी बताए ।

उनले भने, “तीन दिन देखी विरामी भएर अर्धचेत अवस्थामा लडिरहेका ती बृद्धलाई कसैले नहेरेपछि आफुले घटनास्थलवाट उद्धार गरि अस्पतालसम्म पु¥याएको छु, उनलाई ठिक नभए सम्म थप उपचारको लागि अस्पताल पठाइएको हो ।”