असिनाले भित्र्याउनै लागेको बाली नष्ट, किसान चिन्तित


धनवीर दाहाल,रुकुम ।
भारीमात्रामा परेको असिनाले पाक्नै लागेको गहुँ, जहुँ र बिभिन्न तरकारी बाली नष्ट गरेको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको माछ्मी, पिपलनेटा, घिमाने, डिग्रे, चाँपा लगाएतका ठाँउमा भारी मात्रामा परेको असिनाले भित्र्याउनै लागेको बाली नष्ट गरेको हो । शोमबार र मंगलबार परेको असिना पानीले बाली नष्ट गरेको मुसिकोट नगरपालिका ५ का स्थानीय स्थानीय चन्द्रबहादुर के.सीले बताउनुभयो ।

यसै गरी तरकारी बिउ उत्पादनको हिसावले नेपालकै मुख्य पकेट क्षेत्र मानिएको तरकारी बिउ उत्पादन केन्द्रमा असिनाले बिभिन्न बिउ क्षति गरेको तरकारी बिउ उत्पादन केन्द्रले जनाएको छ । तरकारी बिउ उत्पादन केन्द्र रुकुम पश्चिमका अनुसार मुला, प्याज, सलगम, केराउ, रायो लगाएतका बिउमा ९० प्रतिशत क्षति भएको छ ।

बिशेष गरी प्याज ६० प्रतिशत र सलगम ७० प्रतिशत असिनाले क्षति गरेको तरकारी बिउ उत्पादन केन्द्रका निमित्त कार्यालय प्रमुख बालकृष्ण शाहले जानकारी दिनुभयो । बिउ उत्पादनका लागी लगाएका बालीका गेडाहरु झारेको छ भने डाँड समेत असिनाले भाँचिदिएको छ ।

यस बर्ष बिउ उत्पादनमा समस्या हुने संभावना रहेको निमित्त कार्यालय प्रमुख शाहको भनाई छ ।