काठमाडौं, (नेस)
बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएको विशेषज्ञ चिकित्सकसमेतको १९ जना स्वास्थ्यकर्मीको टोलीले मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बारा फेटा गाउँपालिका–१ भलुही र भर्वलिया तथा सोही गाउँपालिका–६ पुरहनियाका हावाहुरी प्रभावित स्थानीयलाई उक्त टोलीले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधीसमेत वितरण गरेको छ । शिविरमा करिब ३ सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।
यसै गरी पर्सा वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित हावाहुरी प्रभावित स्थानीयका लागि उक्त टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको छ । सो शिविरमा १ सय ९३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
साथै स्वास्थ्यकर्मीको टोलीले वृद्ध, अशक्त तथा बालबालिकालाई सम्बन्धितको घर ठेगानामा समेत गएर स्वास्थ्य सेवा पु¥याएको छ ।











प्रतिक्रिया