रेग्मीद्वारा सरकारको ध्यानाकर्षण

0
Shares

काठमाडौं, (नेस)
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बारा र पर्सामा हावाहुरीले र्पुयाएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत, उद्धार र प्रभावकारी व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

रेग्मीले मंगलबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ– ‘मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार एवं तत्कालीन राहत र उद्धारको कामलाई विशेष गरेर सरकारको तर्फबाट प्रभावकारी व्यवस्थापनका लागि आग्रह गर्दछु ।’