काठमाडौँ । काठमाडाैँको चक्रपथकै पुलमुनी नदेखिने गरी फालिएको अवस्थामा एक युवकको शव भेटिएको छ।
चक्रपथको कलंकी-स्वयम्भू सडकखण्ड अन्तर्गत स्यूचाटार पुलमुनी मंगलबार बिहान अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको हो।
फोहोरमा प्लास्टिक संकलन गर्ने सडक बालकलले फोहोरले छोपेको अवस्थामा शव देखेपछि हल्लाखल्ला भएको थियो । युवकको घाटी र कम्बरमा धारिलो हतियार प्रहार गरेको देखिन्छ । उनको पेट क्षतविक्षत हुनेगरी काटिएको छ ।
प्रहरीले कसैले हत्या गरेर फालेको आशंका गरेको छ । अनुहार प्रष्ट भए पनि मृतक युवाको शरीरमा भने चोट देखिन्छन्। मृतक युवाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया