अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर मृत्यु


कपिलवस्तु,
कृष्णनगर नगरपालिका-१० बिधानगर बस्ने ४५ वर्षीय पारस पुरीको अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर आइतबार राति मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा बसेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित ब्यक्तिले १ राउण्ड गोली प्रहार गर्दा गम्भीर घाइते भएका पुरीको शिवराज अस्पताल बहादुरगंजमा उपचार पश्चात थप उपचारको लागि ५ नम्बर प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

गोली प्रहार गर्ने व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।