चोरी गर्ने उद्देश्यले एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ


काठमाडौं,
काठमाडौं महानगरपालिका-१ कमलपोखरी ल्होत्से चोकस्थित नेपाल ईन्भेष्टमेण्ट बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने उदयपुर घर भएका १८ वर्षीय अशोक पुरी र बानेश्वर बस्ने काभ्रे घर भएका २२ वर्षीय सोनाम गुरुङ रहेका छन् ।

रकम चोरी गर्ने उद्देश्यले एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । उक्त एटिएमको क्यास डिस्प्याच गर्ने भागमा क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।