विद्यार्थीको अगुवाईमा रक्तदान


काठमाडौं,
एडमार्क कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ४७ जना सहभागी भएका छन् । सोमबार कलेज परिसर कलंकीमा आयोजित कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीले रक्तदान गरे ।

स्नातकतहमा सामाजिक कार्य अध्ययनरत विद्यार्थीको अगुवाईमा भएको रक्तदानमा ३७ पुरुषसहित १० महिला सहभागी भएका कलेज प्रशासनले जनाएको छ । सहभागीलाई कलेजका अध्यक्ष पुरुषोत्तम अधिकारी र प्रिसिन्पल शिवप्रसाद अधिकारीले प्रमाणपत्र प्रदान गर्नुभयो ।

कलेजले विगतदेखि नै रक्तदानसहित अन्य सामाजिक कार्यलाई निरन्तरता दिदै आएको बताउँदै प्रिसिन्पल अधिकारीले भन्नुभयो–‘कर्पोरेट सोसियल रेसपोन्सीविलिटी सँधै हाम्रो प्राथमिकताभित्र पर्छ, यसपटक सोसियल वर्क विभागका विद्यार्थीले यो कार्यक्रमको नेतृत्व लिएका हुन् ।’