निर्मात्री प्रज्ञा जोशी पक्राउ


काठमाडौँ । नेपाली चलचित्रकी निर्मात्री प्रज्ञा जोशीलाई चेक बाउन्सको केशमा इटहरी प्रहरीले पक्राउन गरेको छ । प्रहरी परेकी जोशीलाई काडमाण्डौं ल्याउँदै गरेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार जोशीलाई ठगीको मुद्दा परेको थियो । एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् ।