यात्राबाट सलिनमानको आशा


आगामी चैत्र २९ गते अल नेपाल रिलिज हुने फिल्म यात्राः अ म्युजिकल भ्लगले युवाहरूमा समाजका लागि केही राम्रो काम गराँै भन्ने भावना जागृत गराउने यसका नायक सलिनमान बानियाँले दाबी गरेका छन्। एक दुर्गम हिमाली गाउँको दृष्टिविहीन युवतीको प्रतिभा उजागर गर्न जाने शहरीया युवाको कथामा घुमेको फिल्मले युवा मानसिकतामा परिवर्तन ल्याउने सलिनमानले दाबी गरे।

‘यो फिल्म हेरेपछि युवाहरूमा समाज सेवाको भवाना जागृत गराउँछु। सलिनमानले फिल्ममा आफू र द्वन्द्व निर्देशक हिमाल केसी मिलेर नयाँ किसिमको द्वन्द्वको प्रयोग गरेको जनाउँदै भने– ‘नेपाली फिल्ममा एउटै किसिमको फाइट देखिन्छ। यसमा नयाँ गरेका छौँ।’ अभिनेत्री तथा निर्मात्री झरना थापाको डेब्यु निर्देशनमा बनेको ए मेरो हजुर २ बाट रजतपटमा डेब्यु गरेका सलिनमानको यात्रासँगै झरनाकै निर्देशनमा बनेको दोस्रो फिल्म ए मेरो हजुर ३ पनि सोही दिन एकसाथ रिलिजमा आउँदै छ। सलिनमान भन्छन्– ‘मेरो फिल्म इन्डस्ट्रिको आमाको फिल्म ए मेरो हजुर ३ र यात्रा एकै दिन रिलिज हँुदै छ। त्यसमा गाह«ो फिल भइरहेको छ। तर म उहाँको फिल्म पनि हेर्न जान्छु। अनि उहाँलाई पनि यात्रा हेर्न बोलाउँछु।’

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको यात्रामा कथा पनि सम्राटकै रहेको छ भने उनीसंगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीको लेखन रहेको छ। सम्राटले ४० वर्षको हाराहरीमा २२÷२३ वर्ष फिल्म क्षेत्रमै बिताएको र सहायक निर्देशन गर्ने क्रममा यात्राको कथा राम्रो लागेपछि निर्देशनमा डेब्यु गरेको बताए।‘फिल्ममा फरक भिजन छ’ –उनले भने।

यसै फिल्मबाट डेब्यु पाएकी नवनायिका मल्लिका महत यात्रामा दृष्टिविहीन युवतीको भूमिकामा छिन्। उनले कक्षा ४ मा हँुदा अभिनयको अनुवभ संगाले पनि पछि हिरोइन नै बन्छु भन्ने बारे कहिल्यै नसोचेको खुलाइन्। ‘फिल्मका लागि धेरै मेहनत गरेको छु। म म्युजिकसँग कहिल्यै नजिक भइनँ। तर फिल्ममा टुंगना बजाएकी छु। यसका लागि मैले ३ महिनासम्म टुंगनाको क्लास लिएँ। फिल्मबाट आफूभन्दा फरक मानिसको जीवनका बारेमा बुझ्ने र नया ठाउँहरूमा जाने मौका पाएँ। फिल्मबाट यति धेरै कुराहरू सिकँे कि जुन अरु कामबाट सिक्न सकिँदैनथ्यो’ –उनले भनिन्।

निर्माता सुशिल पोखरेलले फिल्ममा करिब ३ करोड लगानी भएको बताए। ‘फिल्म राम्रो बनाउँभन्दा भन्दै यति धेरै खर्च भयो। फिल्ममा सलिनमान भएर मात्र फिल्म चल्छ भन्ने होइन। फिल्म नै राम्रो बनेको छ। फिल्मले आजको शहरीया युवाहरूलाई समाजप्रतिको दायित्वबोध गराउँछ। यो भन्दैमा हामीले कर्मिर्सयल कुरालाई छोडेका छैनौँ। फिल्ममा हुनुपर्ने सबै मसला यसमा छ’ –उनले भने। प्रस्तुतकर्ता चिजकुमार राईले फिल्मको व्यापार बारेमा आफूलाई मतलव नभएको तर फिल्म राम्रो बनेको बताए।

फिल्मका अन्य कलाकारमा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा वज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कँुवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, विशाल पहाडी, प्रज्वल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहेको छ।

कोटकी कालिका देवी फिल्म्स् प्रालि, क्रियटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा अभिनेता केशव भट्टराई र चिजकुमार श्रेष्ठद्वारा प्रस्तुत फिल्ममा शम्भुजित बास्कोटा, प्रतीक पौडेल र कोविद वज्रको संगीत, प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, सञ्जय लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको छ।