डाक्टर पतिको कुटाइबाट ज्यान गुमाएकी महिलाको दाहसंस्कार


कृष्णउदास खनाल, वीरगन्ज ।
नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट मृत्यु वरण गरेकी सुनीतादेवीको दाह सँस्कार गरिएको छ ।

सुनिताको आइतबार बिहान बाराको माइती घर बहुवरीबाट दुघौरा नदीमा हिन्दु परम्परा अनुसार दाह सँस्कार गरिएको छ।डाक्टर सचितानन्द यादवको कुटाइबाट गम्भीर घाइते बनेकी सुनिताको काठमाडौँको शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको थियो।

सुनितादेवीको मृत्युबाट माइती पक्ष आन्दोलित बनेको छ। दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका थिए।

सुनीताका दाजु जयप्रकाश यादवले सुख हुन्छ भन्ने सोचेर डाक्टर बर खोजेर बिहे गरिदिएको बताए।

दाइजोमा साढे १२ लाख नगद र गरगहना दिएका थियौं’,उनले भने, ‘तर, उसले दाइजोकै निहुँमा मेरी बहिनीको हत्या र्गयो।’त्यस्तै पीडित परिवारलाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई र प्रउ रेवती ढकाल दोषीलाई कानुनको दायरामाल्याई कडा कारवाही गर्ने आश्वासन दिएका छन्।