हिन्दु महासंघले गोरखकाली महायज्ञ आयोजना गर्ने


काठमाडौं, (नेस) ।
रास्ट्र कल्याण, दिगो शान्ति, हिन्दु अधिराज्य र राजसंस्थाको माग गर्दै युवा विश्व हिन्दु महासंघले नेपालमै पहिलो पटक शिवगोरक्ष, गोरखकाली महायज्ञ आयोजना गर्ने भएको छ । यही चैत २१ देखि बैशाख १ गते ९ दिनसम्म आयोजना हुने महायज्ञमा तान्त्रिक गुरुले हवन गर्नेछन ।

हनुमानढोका तलेजुको मुलगेटमा बिहान ६ देखि राती १२ बजेसम्म आयोजना हुने यज्ञमा विभिन्न क्षेत्रको व्यक्तित्वहरुको उपस्थिति रहेने भएको छ । महासंघका अध्यक्ष एवं महायज्ञका संयोजना राजन महर्जनले चैते दशैको अवसर पारेर गर्न लागिएको जानकारी दिनुभयो ।

महायज्ञमा पुर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति रहने सम्भावना रहेको छ । चैत ३० गते रामनवमीको दिन आउनेगरी निम्तो दिइएको महर्जनले जानकारी दिनुभयो ।

महायज्ञमा तान्त्रिक विधिद्वारा गोरखनाथ, गोरखकाली, बज्रभैरब, माहाकाली, राम , हनुमानलाई आब्हान गरी ९ दिनसम्म अखण्ड हवन महायज्ञ गरिने महर्जनको भनाई छ ।