कालिकोटमा जटिल बन्दै जातीय विभेद


कालीवहादुर मल्ल, कालिकोट ।
राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त प्रकाश वस्तीले जातीय विभेद तथा छुुवाछुत जटिल वन्दै गएकाले यस्ता मुद्दामा सवै सरोकारवाला एकमत भएर वोल्नुका साथै व्यवाहरमा प्रयोग गर्नु पर्ने औल्याएका छन् ।

जातीय विभेद तथा छुवाछुत विरुद्धको अधिकार विषयक कालिकोटमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै मानवअधिकार आयोगका सदस्य वस्तीले जातीय विभेद तथा छुवाछुतका विरुद्ध वोलेर मात्र सम्भव नहुने भएकाले व्यवहारमा कार्यन्वयन गर्नु पर्नेमा जोड दिएका हुन ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आयुक्त वस्तीले कालिकोट जिल्लामा जातीय विभेद चरम अवस्थामा रहेकाले यसको अन्त्यका लागि सवै पक्ष लाग्नु पर्ने र आयोग पनि सोही अनुसार लागिरहेको वताए ।

कार्यक्रममा सहभागीहरुले जातीय विभेदका घटनहरु आर्थिक प्रलोभन र राजनीति आवरणमा प्रहरी प्रसाशले ढाकछोप गरेको समेत आरोप लगाए ।

आयोगका निर्देशक डाक्टर टिकाराम पाख्रेलको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले दलित अधिकार सम्वन्धि वनेका ऐन कानूनहरुको स्थानीय स्तरसम्म प्रभावकारी कार्यान्वयन नभएका कारण जातीय छुवाछुत समाजमा कायमै रहेको वताए ।

इन्सेकको तथ्यंक अनुसार कालिकोट जिल्लामा सन् २०१८ मा जातीय विभेद तथा छुवाछुतका सातवटा घटना घटे पनि दुइवटा वाहेक सवै मेलमिलापमा टुंगिएका छन् ।