डोटीको सेतीनदीमा जलयात्रा गर्ने पर्यटक ह्वात्तै बढे


विमल विष्ट, डोटी ।
जलयात्रा (¥याफ्टिङ) को मौसम शुरु भएसँगै पछिल्लो समय डोटीको सेती नदीमा जलयात्राकालागि आउने पर्यटकको संख्यामा एकाएक वृद्धि भएको छ ।
जलयात्राकालागि ख्याति कमाएको सेती नदीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीहरु समेत उत्साही भएका छन् । जाडोयामको समाप्तिसँगै फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउन थालेका छन् ।

जिल्लामा रहेको चेम्वर अफ कमर्सले सेती नदीमा ¥याफ्टिङ शुरु गरेपछि पर्यटक आउन थालेको पिपल्लाका व्यवसायी टिका भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “चेम्वरले जलयात्रा शुरु गरेपछि अहिले जलयात्राकालागि बिभिन्न ठाउका मानिस आउन थालेका छन्,राम्रै भएको छ ।” जलयात्रा शुरु भएसंगै यहाँ पर्यटकहरुले निकै आनन्द लिन थालेकाछन् ।

छोटो र पारिवारिक जलयात्राकालागि ‘फेमिली रिभर’का रुपमा चिनिएको सेती नदीमा आउने पर्यटकको घुइँचो लाग्न थालेको चेम्वर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “सेतीमा जलयात्रा गर्नु जस्तो अरुठाउमा कहि छैन,पारिवारीक रुपमा आनन्द लिन सकिने भएकालेपनि यहाँको जलयात्रा राम्रो हुदैछ ।” समथर र कम बहाब भएकाले नागरिकहरु अन्य नदीभन्दा सेती नदीलाई बढी रोज्ने गरेको दाङ जिल्ला घरभइ सेतनदीमा जलयात्रा गर्न आएका शुरेसचन्द्र डिसीले बताउनभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिममा के छ भनेर सोद्धा टिकापुर पार्कछ,कर्णालीछ,शुक्लाफाटा छ,डोटीमा खप्तड भन्नेथे, यतिमात्र होइन यहाँ त दिपायलको सेती नदीमा ¥याफ्टिङ पनि रहेछ सारै आनन्द आउदो रहेछ ।” ¥याफ्टिङ अर्थात जल यात्राकालागि सेती नदीमा अहिले स्वदेशी पर्यटक पर्यटक सँगै विदेशी पर्यटकको समेत आवागमन बढेको प्याडल नेपालका रिभर गाइड रवीन गुरुङले बताएदिपायलका स्थानिय तथा नेकपाका नेता तेज डुम्रेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सेती नदीमा स्वदेशी मात्र नभएर बिदेशी पर्यटकपनि जलयात्राकालागि आउने गरेकाछन्,अरुठाउभन्दा सेती नदी जलयात्राकालागि राम्रो भएको उनिहरुको अनुभव छ ।” कुनै कुनै पर्यटकहरुले जिल्लाको शिखर नगरपालिका बानीडुग्रीसैनबाट आफनो जल यात्रा शुरु गरी कैलाली जिल्लाको कर्णाली नदीको चिसापानीमा पुगेर यात्रा टुङ्ग्याउने गर्दछन् । करिब तीन दिन लाग्ने सो जलयात्रा पर्यटककालागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको स्थानियबासीहरु बताउँछन् ।

सेती नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरुको अवलोकन, प्रदूषण रहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । सेती नदीको जलयात्रा विश्वका अन्य नदीको भन्दा रोमाञ्चक हुने गरेको पर्यटको भनाइ छ ।

डोटीमा जलयात्राकालागि काम गर्ने कुनै निकाय नभएकाले जिल्ला बाहिरबाट विभिन्न पर्यटन व्यवसायीको सहयोगमा बोट ल्याएर यहाँको चेम्वर अफ कमर्सले ¥याफ्टिङ सञ्चालन गरेको हो । सेती नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक प्रभावित हुने व्यावसायीहरु बताउँछन् । सेती नदीमा जलयात्राकालागि गन्तव्यस्थल बनाउन केही पूर्वाधारहरुको व्यवस्था गर्नसमेत आवस्यक रहेको व्यवसायीहरुको माग रहेको छ ।

अहिले हुने जलयात्रा जबर्जस्ती गरिएको खालका भएकाले नदीमा भएका केही समस्यासमेत समाधान गराउन राम्रो खालको योजना बनाउनुपर्ने उनीहरुको भनाइ छ । पर्यटककालागि लोकप्रिय बनेको ¥याफ्टिङकालागि भएका पूर्वाधार बिग्रँदै जाँदा समस्या आउने गरेको गाइडहरु बताउँछन् । नदीमाथिका संरचना बिगार्ने, जलयात्रा सुरु हुने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्ने कामले जलयात्रा सञ्चालन असहज हुने गरेको स्थानिय होटेल व्यवसायी गणेश बोहराले बताउनभयो ।

उहाँले भन्नुभयो, “जलयात्रा गर्ने ठाउका संरचना भतकाउने,बालुवा झिक्ने काम बन्द गर्नु पछ ।” यात्राको क्रममा बस्ने ठाउँहरुमा भौतिक संरचनाको विकास गर्न र नजिकै रहेका खोलाको बीचमा रहेका ठूला ढुङ्गाहरु नहटाउँदा समस्या आउने गरेकाले हटाउन पहल गर्नुपर्ने व्यवसायीको आग्रह छ ।