दुर्गम गाउँमा सुविधा सम्पन्न अस्पताल सञ्चालन हुँदै


समाजसेवी शाहले जाजरकोटी जनतालाई सेवा दिनको लागी २५ शैयाको अस्पताल बनाए

बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ५ बडावनमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ । समाजसेवी तथा पुर्व सासंद राजिव विक्रम शाहले व्यक्तिगत ६ करोड लगानीमा अस्पताल भवन निर्माण गरी बैशाष देखि सेवा संचालनमा ल्याउने भएका छन ।

समाजसेवी तथा पुर्व सासंद शाहले २५ शैयाको हाम्रो कुमारी फाउन्डेसन अस्पताल संचालन गर्न भवन निर्माण कार्य पुरा गरी आगामी वर्ष देखि अस्पतालबाट उपलल्ध हुने सेवा शुरु हुने भएको छ । शाहले कुमारी टष्ट संस्था मार्फत अस्पताल भवन निर्माण गरेका हुन ।

सामुदायिक अस्पताल संचालन गर्न शाहले इनडोर,ओपीडी,अप्रेशन ,एक्सरे, प्रसुती,ल्याव,फार्मेसी डाक्टर तथा नर्स क्वाटर प्रशासन, शौचालय लगाएत सेवा संचालनका लागी एक दर्जन भवन वनाएका छन ।

छेडागाड नगरपालिका वडा नं.५ बडावनका स्थानि बासिन्दाले निशुल्क उपलब्ध गराएको ५रोपनी जग्गामा अस्पताल संचालनका लागी अत्यधुनिक भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

जाजरकोट जिल्लाका दुर्गमा गाउमा समय समयमा झाडापखाला लगाएत महामारीबाट पिडित भएका जनताको स्वास्थ्य सुविधालाई मध्यनजर गरी गाउमै विशेषज्ञ सेवा दिेने उद्धेश्यले अस्पताल संचालन गर्न लागेको समाजसेवी तथा पुर्व सासंद शाहले वताउनु भयो । अस्पतालको सवै काम पुरा भएर २०७६ साल अस्पतालबाट सेवा संचालन हुने समाजसेवी शाहले वताउनु भयो ।

अस्पताल संचालन गर्न चाहिने आवस्यक सामाग्रीहरु हाम्रो कुमारी टष्ट र रोटरी क्लवको सहयोगमा समन्वय गरी ५देखि ६ करोड खर्चमा उपकरण खरीद गरेको र उपकरण आउन केहि समय लाग्ने भएकोले अस्पताल संचालन एक दुई महिना भित्र हुने वताउनु भयो । बैशाषमा गर्ने भनेको सामान ढिला आउने भएका कारण संचालन गर्न समय लाग्ने वताउनु भयो ।

व्यक्तिगत लागानीमा भवन निर्माण कार्य पुरा गरेका शाहले अस्पताल संचालन रेखदेख सेवा प्रवाहमा सरकारी तथा गैरसरकारी निकायको साझा दायित्व बोध हुने गरी अगाडी वढेकोले सवै निकायसग सहयोग लिने वताउनु भयो ।

अस्पताल संचालनको वोर्ड समितिमा जिल्लाका कृयाशिल राजनैतिक दल तथा सरोकारवालाको प्रतिनिधित्व हुने गरी संचालन समितिको व्यवस्था गर्ने र अस्पतालबाट दुर्गम गाउका विपन्न, जनाताको पहुचमा सहजता तथा गुणस्तरीय सेवा प्रवाह गर्नको लागी अस्पताल निर्माण गरेको उहाँको भनाई रहेको छ ।

चर्चित समाजसेवी महावीर पुन रोटरी क्लव इन्टरनेस्नल र केहि मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुसग उपचार सेवा उपकरण अस्पताल संचालन खर्च श्रोत व्यवस्थापनका बिषयमा छलफल भएर सामाग्री खरीद गरेका सामाग्री नेपाल आउनु केहि समय लाग्ने भएकोले २०७६ सालबाट सेवा शुरु गर्ने वताउनु भयो । अस्पताल संचालन गर्न मासिक २५ लाख खर्च लाग्ने शाहले भनाई रहेको छ । अस्पतालका भवन निर्माणको जिम्मा पन्चकन्या ग्रुपले लिएको थियो ।

विभिन्न रोगले आक्रान्त वनेका जाजरकोका पश्चिमी भेगका साथै दैलेख र जुम्लाका जनताले सेवा पाउने छन । भवन निर्माण भए पछि त्यस क्षेत्रका जनता औषधि उपचारमा सहजता आउने वताउ छन ।

व्यक्तिगत लगानीमा अत्याधुनिक अस्पताल निर्माण गरेका शाहले जनतासग चुनावमा अस्पतान वनाउने बाचा गरे थिए भने प्रतिपक्षहरुले चुनावको मुखैमा शाह झुट वोल्दै जनतासग हिडको वताएका थिए । प्रतिपक्षको वचनलाई आत्मसाथ गर्दै चुनावमा गरेका वाचा पुरा गरे छाडेका छन । जनताकालागी गर्न नसकेको काम गरेका छन । समाज सेवा मार्फत रानितिमा आएका शाह दोस्रो संविधान सभाको चुनावमा जाजरकोट क्षेत्र नं. २ बाट चुनाव जितेका हुन ।

२०७४ सालको संघिय संसदको निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटबाट नेपाली काग्रेसबाट चुनावी मैदानमा उत्रियका शाहले जनतासग व्यक्तिगत लगानीमा अस्पताल वनाउनु छु भनेर घोषण गरेका थिए । आफनो जाजरकोटी जनतासग वाचा पुरा गरेका छन ।

शाहले जाजरकोट पुख्रयौली थलो भएकाले राम्रो गरौ जनतालाई सुख दुखमा साथ दिदै आएका छन भने संघिय संसदको चुनावमा हालका वन मन्त्री शक्ति बहादुर वस्नेतसग चुनाव लडेका थिए । भने चुनाव पराजित भएर पनि जनताको स्वाथ्य शिक्षा लगाएतका अधिकारका कुरामा लागी परेका छन । सरकारले गर्न नसकेको काम दुर्गम क्षेत्रमा गरेर देखाएका छन ।