‘नागरिकता’ भू–राजनीति विरुद्ध अभियान


नेपाल समाचारपत्र, काठमाडौं ।
‘राष्ट्रिय जागरण अभियान, नेपाल’ ले नागरिकताका बहानामा नेपाल विरुद्ध सुरु भएको विदेशी षडयन्त्रका विरुद्ध जागरण अभियान सुरु गरेको छ।

अभियानको बुझाईमा नेपालको तरल एवं कमजोर भू–राजनीतिको दुरुपयोग गरेर अमेरीकन यूरोपीयन र ईण्डियनहरुले चीनसंग लड्ने विदेशी फौज तयार पार्न, नेपाली महिलाहरुलाई बजारको वस्तुका रुपमा परिणत गर्न र नेपालको पारिवारीक एवं सांस्कृतिक मूल्य मासेर यसलाई पश्चिमाकरण गर्न ‘नागरिकता ऐन संसोधन विधेयक’ छलफलमा अघि बढाईएको छ।

काठमाडौंको नयाँ बसपार्कमा चैत्र १६ गते आयोजना गरिएको एउटा खुला कार्यक्रममा अभियानकि उपाध्यक्ष रीता मानुषिले नेपालीहरुलाई वैदेशिक रोजगारीको गलियो विष देखाएर बाहिर निकाल्ने खालि ठाउँ विदेशी नागरिकहरुले भर्ने योजनामा ‘नागरिकता ऐन संसोधन विधेयक’ अघि बढाईएको कुरालाई जोड दिनु भयो।

उहाँले ईण्डियासंगको सिमाना खुला राखेर जन्मको आधारको नागरिकताको आधार बर्ष २०४६ सालबाट बढाएर २०७२ साल असोज ३ गतेसम्म तानिएको भन्दै यो नेपालमा ईण्डियनहरु भर्ने योजना भएको बताउनु भयो।

उहाँले जन्मका आधारमा नागरिकता लिएका विदेशीका सन्तानलाई बंशजको नागरिकता दिएर विदेशीहरुलाई राज्यका सबै निकायहरु कब्जा गर्ने बाटो खोल्न थालेको, आमाबाबुको पत्तो नलागेको बहानामा ईण्डियाबाट ल्याईने लाखौं अनाथहरुलाई नेपाली भूमिमा भेटिएको बहानामा पालेर नागरिकता दिने बाटो खोल्न खोजेको, बाबुको पहिचान खोल्न नपर्ने गरी आमाको स्वघोषणाका आधारमा निजका सन्तानलाई नागरिकता दिने प्रावधान राखेर नेपाली महिलाहरुलाई बजारको वस्तुमा परिणत गर्न षडयन्त्र गरिरहेको दाबि गर्नु भयो।

यसैगरी अभियानकि कोषाध्यक्ष रजनी तामाङले संसदीय समितिमा छलफ भैरहेको ‘नागरिकता ऐन संसोधन विधेयक’ नेपाली महिला, नेपाली संस्कृति र समाजलाई ध्वस्त पार्ने विदेशी डिजाईनमा आएको तथ्यमा जोड दिंदै केहि एनजिओकर्मि, विदेशी जासुस र विदेशी दूताबासको तलबमा काम गर्ने कुतत्वहरुले महिलाहरुलाई बजारमा बेचिने माल बनाउन खोजेको, श्रीमान र श्रीमतिका विचमा द्वन्द गराएर पारिवारीक संरचना खल्बल्याउन खोजेको, बाबुको पहिचान खोल्न नपर्ने घृणित प्रावधान राखेर महिलाहरुको छबि बिगार्ने र बच्चाहरुको मनोविज्ञानलाई विकृत बनाउन खोजेको तथा विदेशमा विवाह गरेका महिलाहरुका सन्तानले नेपाली नागरिकता पाउनु पर्ने भनेर राष्ट्रियताको मर्मलाई मार्न खोजेको दाबि गर्दै यो नेपालको संस्कृति र सभ्यतामाथि पश्चिमाहरुको हमलाको एउटा हिस्सा भएको बताउनु भयो।

अभियानका केन्द्रिय सदस्य कमल वाईवाले ‘नागरिकता ऐन संसोधन विधेयक’ एउटा खतरनाक विदेशी प्रोजेक्ट हो भन्दै विदेशी ज्वाईंलाई नागरिकता दिनु पर्छ भन्ने कुरा नेपालमा सिआईए, ईण्डियन र यूरोपीयन देशहरुका लडाकुहरुलाई भिœयाएर तिब्बत विभाजनको योजनामा विदेशी फौज निर्माण गर्ने क्ष्क् मोडेल भएको दाबि गर्नु भयो। उहाँले देशको सार्वभौमिकता, भू–राजनीतिक संवेदनशिलता, सामाजिक मूल्यहरु, संस्कृति र देशको क्षमतालाई उपेक्षा गरेर मानिसको मनोविज्ञानसंग खेल्नेहरु विदेशीहरुबाट परिचालित अपराधिहरु हुन् भन्नु भयो।

विदेशीका हातमा बेचेका तत्वहरुले नेपालीहरुलाई अल्पमतमा पार्न गरिरहेको षडयन्त्रका विरुद्धख आम नेपालीहरु एक हुनु पर्ने आवश्यकतामा जोड दिनु भयो।

जन्मको बहानामा ईण्डियन, तिब्बति शरणार्थि, रोहिंगा, भुटानी लगायत सबै विदेशीहरुलाई नागरिकता दिने प्रयास सुरु भएको बताउँदै उहाँले नेपाललाई सिरीया बनाएर यहाँ फौज उतार्ने योजना अघि बढेको भन्दै उहाँले यसका विरुद्धमा आम नेपालीहरु एकजुट नभए देश नराम्ररी धरापमा पर्ने कुरामा संका नभएको बताउनु भयो।

कार्यक्रमको सञ्चालन अभियानका उपाध्यक्ष रामबहादुर थापाले गर्नु भएको थियो। उपाध्यक्ष थापाले यो अभियान नियमित रुपमा जारी रहने जानकारी गराउनु भएको थियो।