अपहरणमा परेको नाटक गरी आफ्नै परिवारबाट फिरौती माग्ने एक व्यक्ति समातिए


काठमाडौं । महानगरिय अपराध महाशाखा, टेकुले आफै अपहरण भएको नाटक गरी फिरौती माग्ने गरेका एक युवकलाई पक्राउ गरेको छ ।दार्चुला घर भई जडीबुटी बस्दै आएका जयभान सिंह धामी नाम गरेका एक युवकलाई शनिबार पक्राउ गरि अनुसन्धान थालेको हो ।

अपरिचि व्यक्तिहरुले आफूलाई अपहरण गरी २३ लाख फिरौती माग गरेको भन्दै परिवारसँग फिरौती लिन खोजका धामीलाई महाशाखाले चावहिलबाट १६ गते पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

प्रहरी अनुसन्धानका क्रममा उनले नक्कली अपहरणको नाटक गरी परिवारसँगै फिरौति लिन खोजेको खुलेको हो ।