चोरी गरिएको स्कुटर सहित पक्राउ 


काठमाडौं,
बा।७७ प १३२५ नम्बरको स्कुटर चोरी गरि लैजाँदै गरेको अवस्थामा काठमाडौं कोटेश्‍वर बस्ने काभ्रे दोलालघाट घर भएका २० वर्षीय श्री श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
क्रमशस्
काठमाडौं महानगरपालिका(१६ पकनाजोलस्थित सडक पेटीमा पार्किङ गरी राखेको उक्त स्कुटर हराएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, लैनचौरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त स्कुटर ठमेलमा चलाई हिँडिरहेको अवस्थामा श्रेष्ठलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।