चट्याङ लागेर १४ वर्षीया बालिकाको मृत्यु


मुगु,
खत्याड गाउँपालिका–४ कुदु भन्ने स्थानमा चट्याङ लागेर सोही गाउँपालिका बस्ने गोरा चन्द्र भियालको १४ वर्षीया छोरी कल्पना भियालको शनिबार दिउसो मृत्यु भएको छ ।

स्कुलबाट घर फर्कने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।