आफ्नै बुहारीलाई खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ


उदयपुर,
आफ्नै बुहारी ३० वर्षीया चन्दा राईलाई खुकुरी प्रहार गरेको अभियोगमा बेलका नगरपालिका(२ बानडाँडा बस्ने सितुमान राईलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवाद हुँदा उनले बुहारीलाई खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई एक थान खुकुरीसहित पक्राउ गरेको हो ।

टाउकोमा चोट लागेर घाइते भएकी चन्दालाई उपचारको लागि धरान घोपा लगिएको र अवस्था बोल्न सक्ने रहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।