१५ जिल्लामा सघन भर्ना अभियान

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
सरकारले १५ जिल्लामा सघन भर्ना अभियान सञ्चालन गर्ने भएको छ। विद्यालयबाहिर रहेका बालबालिकालाई लक्षित गर्दै शैक्षिकसत्र–२०७६ मा ती जिल्लामा सघन अभियान सञ्चालन गर्न लागेको हो। वैशाख १ गतेबाट नयाँ अभियान शुरू हुने भएको छ। स्थानीय तहको सहयोगमा सरकारले भर्ना अभियान सञ्चालन गर्न लागेको हो।

देशभर करिब ५९ हजार विद्यालय उमेर समूहका बालबालिका विद्यालयबाहिर रहेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियान डेक्स स्थापना गरी अभियान सञ्चालन गर्न लागेको हो। १५ जिल्लासँगै विद्यार्थी भर्ना दर कम भएका १ सय ३६ गाउँपालिकामा समेत अभियान सञ्चालन गर्न लागेको हो। केन्द्रले स्थानीय निकायलाई बजेट विनियोजन गरी विद्यार्थी भर्ना गर्न आ≈वान गर्ने भएको छ।

तथ्याङ्कअनुसार तराईका ६ जिल्लामा सबैभन्दा धेरै बालबालिका विद्यालयबाहिर रहेका छन्। भर्ना अभियान र प्रारम्भिक बाल विकास शाखा उपनिर्देशक उत्तरकुमार पराजुलीले तराईका रौतहट, पर्सा, बारा, महोत्तरी, सिराहा, धनुषा, डोल्पा, जुम्ला, डोटी, रोल्पा, बझाङ, अछाम, जाजरकोट र बाँकेमा सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार ती बालबालिकालाई कसरी विद्यालयमा ल्याउन सकिन्छ भन्ने विषयमा नीति निर्माण गर्ने कार्यलाई तीव्रता दिइएको छ।
केन्द्रका महानिर्देशक बाबुराम पौडेलले भर्ना अभियानमा गैरआवासीय नेपाली संघ ९एनआरएन०को समेत सहभागिता रहने बताउनुभयो। उहाँले भन्नुभयो– ‘विश्वका ७७ देशमा कार्यालय रहेको एनआरएनले नेपालमा भर्ना अभियानलाई सहयोग गर्ने वचनबद्धता व्यक्त गरेको छ। एनआरएनले पहिलो चरणमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको गृहजिल्ला महोत्तरीमा सहभागिता जनाउने भएको छ।
मन्त्रालयसँग भएको सम्झौतामा एनआरएनले आउँदो शैक्षिक सत्र–२०७६ मा देशका थुप्रै जिल्लामा भर्ना अभियानलाई सहयोग गर्ने निर्णय गरिसकेको महानिर्देशक पौडेलले जानकारी दिनुभयो।

केन्द्रले भर्ना अभियानको पूर्वसन्ध्यामा सार्वजनिक विद्यालय रूपान्तरणका लागि राष्ट्रिय सम्मेलन गरी विद्यार्थी भर्ना अभियानसँगै कर्मचारी व्यवस्थापन, विद्यार्थी नआउनुका कारण, चुनौती, लंैगिक समता, विद्यालय व्यवस्थापनलगायतका विषयमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको छ।

केन्द्रले भर्ना अभियानको पूर्वसन्ध्यामा सार्वजनिक विद्यालय रूपान्तरणका लागि राष्ट्रिय सम्मेलनसमेत आयोजना गर्ने भएको छ। विभागका प्रवक्ता एवं उप–महानिर्देशक दीपक शर्माले विद्यार्थी भर्ना अभियानसँगै कर्मचारी व्यवस्थापन, विद्यार्थी नआउनुका कारण, चुनौती, लंैगिक समता, विद्यालय व्यवस्थापनलगायतका विषयमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

‘राम्रो गर्ने विद्यालयको कुरा सुन्न र नराम्रो नतिजा ल्याएका विद्यालयले राम्रा विद्यालयबाट विभिन्न विषयमा जानकारी लिन सम्मेलन आयोजना गर्न लागेका हौं।’ –उहाँले भन्नुभयो।

‘राष्ट्रिय सम्मेलनमा सामुदायिक, संस्थागत, गुम्बा, मदरसा र गुरुकुलका प्रधानाध्यापक वा प्रतिनिधिको सहभागिता रहने भएको छ।’ –महानिर्देशक पौडेलले भन्नुभयो। सम्मेलनमा सातवटै प्रदेशका विद्यालयका प्रतिनिधिको सहभागिता रहने भएको छ।

‘सम्मेलनलगत्तै देशैभरि भर्ना अभियान सञ्चालन गरी विद्यालय उमेर समूहका सबै विद्यार्थीलाई विद्यालय ल्याउने वातावरण तयार गर्नेछौं।’ –उहाँको भनाइ थियो।

केन्द्रका उप–महानिर्देशक चूडामणि शर्माले राष्ट्रिय सम्मेलनबाट तय भएका नीतिलाई सबै स्थानीय तहमा पु¥याई कडाइका साथ कार्यान्वयनमा ल्याउने बताउनुभयो।

भर्ना अभियान लक्षित राष्ट्रिय सम्मेलनले विद्यालय तहका अधिकांश विषयमा छलफल हुने उहाँको भनाइ थियो। विद्यालय भर्ना हुने विद्यालयलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने छ भने विभिन्न स्थानीय निकायले खाजा, ड्रेस, स्टेसनरीलगायतका सामग्री उपलब्ध गराउने भएका छन्।

यो वर्ष विद्यालयबाहिर रहेका लक्षित समूह र अन्य सबै किसिमका बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियान सञ्चालन गरिने भएको छ। गत वर्ष भएको भर्ना अभियानमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, सबै मन्त्री, प्रदेश मुख्यमन्त्री, मन्त्री, सांसद, कलाकारलगायत अधिकांश विशिष्ट व्यक्तिहरूे एक बालबालिकाको स्वामित्व ग्रहण गर्दै भर्ना अभियानमा सहभागी भएका थिए। प्रम ओलीले राराबाट भर्ना अभियानको आरम्भ गर्दै एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो।