आयोगका तत्कालीन आयुक्त पाठकसहित चार जनाविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका तत्कालीन आयुक्तसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन आयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेज, गुनारायणका सञ्चालक भनिएका लम्वोदरकुमार न्यौपानेवि?द्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।

आयुक्त पाठकले कलेजको स्वामित्त्व विवादका सम्बन्धमा आयोगमा परेको विचाराधीन उजुरीलाई मिलाई दिने भन्दै सञ्चालक न्यौपानेबाट अठहत्तर लाख घूस मागेको अनुसन्धानमा खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
प्रवक्ता कोइरालाका अनुसार आयुक्त पाठक र कलेज सञ्चालक न्यौपानेलाई आयोगले ठगी गरेको रकमसहित कैद सजायको माग गरेको छ ।

यस्तै यस घूस प्रकरणसँग जोडिएका आयुक्त पाठकका भाइ शुभनारायण पाठकले घूस लिएको भनिएको १५ लाख नेपाल इन्जिनियरिंग कलेजसंग सम्बन्धित नभएको खुल्न आएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । उनको यस विषय अन्य कलेजसंग रहेको आशंका गरिएको छ । यसबारे थप अनुसन्धान गर्ने निर्णय गरिएको छ।

यस्तै आयोगले जनकपुरधाममा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा।राम गुलाम यादव र पशु प्रा। जागेश्वर चौधरीवि?द्ध पनि मुद्दा दायर गरेको छ ।

उनीह?लाई विभिन्न कार्यह? सम्पन्न गरि भुक्तानी आदेश बापत विभिन्न बहानामा सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा आयोगको टालीले चालीस हजार घूससहित धनुषाको विसाहाराबाट पक्राउ गरिएको हो ।
यसबारे थप अनुसन्धान भइरहेको छ ।