राप्रपामा विभिन्न २५ जना मनोनित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न पदाधिकारी मनोनयन गरेको छ । पार्टी अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम मंगलबार विभिन्न पदमा २५ जनालाई मनोनित गर्नु भएको छ ।

पार्टीका बरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली रहनु भएको छ भने महामन्त्रीमा राजेन्द्र लिङदेन र डा. धवलशम्शेर राणालाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी उपाध्यक्षमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठ मनोनित हुनु भएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी प्रवक्ताको जिम्मेवारी तीन जनालाई तोकिएको छ । शुशिल श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्ले प्रवक्तामा मनोनित हुनु भएको श्रेष्ठले बताउनुभयो । पछिल्लो मनोनयनसँगै पार्टीका सह–महामन्त्रीहरु ६ जना रहनु भएको छ । चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपक बहादुर सिंह, भक्ति प्रसाद सिटौला, अर्जुन राई र भरत बहादुर रायमाझी सो जिम्मेवारीका लागि मनोनित हुनु भएको छ ।

लिलादेवी श्रेष्ठ र मदन बहादुर कार्की सहायक महामन्त्री मनोनित हुनु भएको छ भने पार्टीका सहायक प्रवक्तामा रमानन्द न्यौपानेलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी अध्यक्ष थापाले दईन्द्र बहादुर ठकुरीलाई केन्द्रिय सदस्य र प्रदीपकुमार उदयलाई प्रदेश ५को अध्यक्षमा मनोनित गर्नु भएको पार्टीले जनाएको छ ।

विज्ञप्तिः