राजधानीमा जुवातास खेलिरहेका १९ जना पक्राउ

0
Shares

काठमाडौं ।
ठमेलबाट जुवातास खेलिरहेका १९ जना पक्राउ परेका छन् । उनीहरुलाई ठमेलस्थित सगरमाथा ट्रेकिङ पसलमा जुवातास खेलिरहेको अवस्थामा पसलका संचालक काठमाडौं ठमेल बस्ने गोरखा घर भएका ४२ वर्षीय हस्तबहादुर परियार समेत ५ जनालाई १ बुक तास र नगद ४५ हजार ५० रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका(६ भरतपाटीस्थित निर्माणधिन घरमा जुवातास खेलिरहेको अवस्थामा टोखा नगरपालिका(८ घर भएका ३६ वर्षीय रामदेव रिमाल समेत १४ जनालाई ६ बुक तास र नगद ४ लाख ३५ हजार रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।