पशु बधशालाको अभावले समस्या

0
Shares

कृष्णउदासु खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरमा अझैसम्म व्यवस्थित पशु वद्यशाला नहुँदा वीरगन्ज महानगरवासी अस्वस्थ्यकर मासु खान बाध्य भएका छन् ।
अस्वस्थ्यकर मासु महानगरपालिकाको मुल सडक किनार जस्तैः छपकैया, बिर्ता, श्रीपुर, पानीटंकी पछाडी, मुर्ली लगायतका स्थानमा बगरेहरुले जथाभावी रुपमा मासु, माछा बिक्रि गरिरहेको पाईएता पनि त्यस्ता अस्वस्थ्यकर मासु बिक्रेता माथी रोक लगाउन कुनै पहल हुन नसकेको हो ।

यसरी महानगरको उल्लेखित स्थानमा बगरेहरुले बाख्री, खसी, कुखुरा, लोकल तथा आन्द्र प्रदेशका माछा झिड्डा भन्कि रहेको र धुलोमा राखी गुणस्तरहीन अवस्थमा बिक्रि गरिरहँदा समेत सम्बन्धित निकायले भने त्यसलाई रोक्न कुनै पहल नगरेको जो कोहीले सहजै देख्दछ ।

३२ वटा वडाहरु रहेको वीरगन्ज महानगरमा अझै सम्म व्यवस्थित वधशाला नहुँदा महानगरवासी अश्वस्थकर मासु खान बाध्य भएका हुन् ।नगरको विभिन्न ठाउँमा माछा मासु विक्री गर्ने घुम्ती, सडक छेउका टेबल र नालामाथि खुल्ला रुपमा मासु विक्री वितरण भइरहेको छ ।

तर यसको ठोस निगरानी कतैबाट नभएको नगरवासीको गुनासो छ ।जिल्लाका अरु पालिकाहरुमा नभए पनि महानगरपालिकामा त खाद्य प्रयोगशाला पनि छ ।

सबै पालिका, जिल्ला प्रशासन कार्यालय पर्साले बजार ब्यवस्थापन अन्तर्गत विभिन्न कर्मचारीहरु खटाएर अनुगमन गर्न नसक्दा जिल्ला भरी नै स्वस्थकर मासु खान पाउने जिल्लावासीको अधिकार खोसिएको छ । यद्यपी वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीले भने ब्यवस्थित पशु बधशालाका लागि नीति बनाइएको र यो कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।