विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण

0
Shares

कालिकोट ।
जिल्लाको शुभकालिका गाउँपालिकामा रहेका विपन्न,जेहेन्दार बालबालिकाहरुलाई मंगलबार निशुल्क कापी,कलम,झोला लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।

जेभिएर इन्टरनेश्नल कलेजको आर्थिक सहयोग र कर्णाली शहिद स्मृति प्रतिष्ठन कालिकोटको आयोजनामा गाउँपालिकामा रहेका दलित,विपन्न,टुहरा दुई सय स्कुले बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको हो ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष धिरेन्द्र आचार्यका अध्यक्षतामा तथा शुभकालिका गाउँपालिका –५ का अध्यक्ष केशनवहादुर शाहीको प्रमुख आतिथ्यता र वडा नम्वर ८ का अध्यक्ष दिपराज महताराको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको छ ।

साविकको सुकाटिया गाविसको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शाहीले शिशा कलम,कपि,कलम,झोला लगाएत एक हजार रुपैयाँ वरावरको सामग्री वितरण भएको प्रतिष्ठानका अध्यक्ष आचार्यले जानकारी गराएका छन् । साथै उनले विपन्न तथा टुहुरा अनाथ बालबालका लागि १ करोड वरावरको भवन निमार्ण गर्न लागेका जानकारी गराए ।