पर्वत, (नेस)
पर्वतको फलेवास नगरपालिका २ थापाठानाकी एक महिला महिनादिन देखि ४ बर्षिया छोरी सहित बेपत्ता भएकी छिन् । २ फागुनमा काठमाण्डौबाट पर्वतका लागि हिडेकी २४ बर्षिया सर्मिला थापा आफ्नी ४ बर्षिय छोरी सुप्रिया थापा सँगै ३६ दिनसम्म बेखबर बनेकी हुन् ।
फलेवास नगरपालिका २ थापाठाना खनार माइतघर भई सोही स्थानमा ९ बर्षअघि प्रकाश थापाका साथ विवाह गरेकी सर्मिला काठमाण्डौबाट घरमा जान भनी हिडेकी तर हाल सम्म परिवार तथा माइती पक्षको सम्पर्कमा नआएकी हुन् । पर्वत प्रहरी लगायत घर पक्ष र माइती पक्षले उनको खोजि कार्य गरेपनि हराएको ३६ औँ दिन सम्म फेला पर्न सकेकी छैनन् ।
सर्मिलाका माइती पक्षले भने घर परिवारले बेपत्ता बनाएको आरोप लगाएका छन् । यस अघि पनि श्रीमान्ले कुटपिट गरेर घर बस्न नसकेपछि डेढ बर्ष माइतीघरमा बसेर पुनः परिवारका सदस्यले नै घर फर्काएर लगेको बेपत्ता महिलाका बाबु मतिलाल कार्कीले बताए ।











प्रतिक्रिया