१० वन्यजन्तुपीडितलाई राहत वितरण

0
Shares

सरस्वती न्यौपाने, रसुवा
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका अनुसार तेस्रो पटक १० जना वन्यजन्तु पिडित लाई राहत वितरण गरिएको छ ।

लामटाङ राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार धेरै जसो जंगती बदेलले बाली क्षति गरेको निवेदन आउने गरेको छ । २०६९ सालदेखि वन्यजन्तुबाट पिडित भएका परिवार लाई राहत दिनु थालनी गरिसँगै शनिवार ४३ औँ वार्षिक उत्सवको अवसरमा निकुञ्जले तेस्रो पटक राहत वितरण गरिएको हो ।

प्रमुख संरक्षण अधिकृत रानाका अनुसार राहत पाउनेहरुमा तोया नाथ आचार्य लहरेपौवा ३ रसुवा ठुली कान्छी लामीनी हेलम्बु गा.पा. १ सिन्धुपाल्चोक, पेमा देकी लामा छिरिङ पेमा तामाङ गोसाईकुण्ड गा.पा. ४ रसुवा, वृद्धिम राम तामाङ कालिका १ रसुवा, खिलकुमारी भट्टराई उत्तरगया ४ रसुवा हुन नाथ घिमिरे उत्तरगया ४ रसुवा मिठु माया वाईवा उत्तरगया ४ रसुवा पासाङ लामा हेलम्बु गा.पा. १ सिन्धुपाल्चोकका रहेका छान ।

क्षतिवापत ५ लाख ३६ हजार १ सय माग गरेकोमा ९९ हजार ४ सय रुपैया पाएका छन यस अघि निकुञ्जले २१ जना पिडित लाई राहत दिइसकेको छ । भने खिलकुमारी भट्टराईलाई ९ हाजार ९ सय र होमनाथ घिमिरेलाई ९ हजार ५ सय रुपैया प्रदान गरेको छ । हाती गैडा बाघ भालु चितुवा हिउ चितुवा जंगली बदेल वासो चितुवा जँगली कुकुर अर्ना मगर गोही गौरी गाई र अजिगंगर ले क्षति गरे राहत पाउने निर्देशिकामा व्यवस्था गरिएको बताएको छ ।

यसैबीच संरक्षणको कार्यमा उल्लेखनिय योगदान पु–याएको वापत लामटाङ राष्ट्रिय निकुञ्जको ४३ औ वार्षिक उत्सवमा युवा सम्मानित भएका छन ।

हरित युवा पर्यटन विकास समाजमार्फत गाउँका थुप्रै युवा मिलेर रसुवा जिल्लामा संरक्षणका साथै पर्यटन क्षेत्रमा लागी परेर दुई चार पैसा को पछाडी लागेर विदेशीनु भन्दा आफ्नै गाउँमा वातावरण जोगाई लाखौ पर्यटन भित्र्याउन दिन रात नभनि एक मुठी सास रहुन्जेल संरक्षणको पाटोमा लागी परेका उनी उनको योगदानको कदर गर्दै लामटाङ राष्ट्रिय निकुन्जले चैत्र ९ गते आफ्नो ४३ औँ वार्षिक उत्सवको अवसरमा सम्मान गरेको हो ।