काठमाडौं(नेस) । मानब बेचबिखन तथा ओसारपसार मुद्धामा फरार रहेका प्रतिवादी काठमाडौं कलंकी बस्ने मकवानपुर मनुवागढी नगरपालिका–३ घर भएकी रबिना मोक्तान र मकवानपुर हेटौंडा बस्तिपुर घर भएका रबी रुम्बालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरको पत्र अनुसार मानब बेचबिखन तथा ओसारपसा मुद्धामा फरार रहेका उनीहरुलाई खोजी गर्ने क्रममा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–१६ नयाँबजारबाट जबरजस्ती करणी मुद्धामा वारदात पश्चात फरार रहेका प्रतिबादी काठमाडौं महानगरपालिका–१६ खुसिबु बस्ने सिन्धुली घर भएका अर्जुन सुबेदीलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई काठमाडौं नयाँ बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।











प्रतिक्रिया