वातावरणमैत्री बनभोजसँगै सफाई अभियान

0
Shares

भक्तपुर,(नेस) ।
भक्तपुर हनुमन्ते नदी तथा अरनिको राजमार्ग सफाई अभियानले वातावरणमैत्री बनभोजसँगै सफाई अभियान गरेको छ ।राजनीतिमा प्रतिपर्धा र विकासमा ऐक्यवद्धता भन्ने मुल नारालाई आत्मसात् गर्दै शुरु गरीएको अभियानले भक्तपुरको चाँगुनारायण नगरापालिकामा वातावरणमैत्री बनभोजको आयोजना गरेको हो ।

सयौंको सहभागितमा भएको उक्त बनभोज कार्यक्रम सम्पन्न पश्चात उक्त अभियान टोलीले बनभोज कार्यक्रम स्थललाई पूर्ण रुपमा सफाई गरेको थियो । कार्यक्रममा विभिन्न प्रकारका सांस्कृतिक, मनोरञ्जनात्मक गीत संगीत, रोचक तथा जानकारी मूलक विभिन्न प्रकारका खेलहरु आयोजना गरेको थियो । खेलमा उत्कृष्ट हुनेलाई पुरस्कृत समेत गरेको अभियानका मूख्य उत्प्रेरक रुद्र पौडेलले बताउनुभयो ।

बनभोजमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुनादेवी बस्नेत, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,पातञ्जल नेपाल, नेप्सेम्याक, फूलवारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, विभिन्न राजनीतिक दल, स्थानीयवासी लगायतका करिव ३० वटा संघ संस्थाहरुको विशेष सहभागिता रहेको थियो ।