सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस) सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच नेपाल राष्ट्र बैंकबाट निर्देश्ति “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान” अन्तर्गत विभिन्न शिर्षकमा प्रदान गरिने कर्जाको सुरक्षणको लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णु बाबु मिश्रले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासंगै, सेञ्चुरी कमर्सियल बैंकले आउदो दिनमा लघु, साना तथा मझौला उद्यमका साथै विपन्न वर्ग कर्जामा लगानी बढाउने विश्वास लिएको छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।