सडक चौडा गर्न पनि नदिने व्यापार पनि बचाउने कसरी ?


नेपाल समाचारपत्र, पाल्पा ।

तानसेन नगरपालिकाले हालै नगर क्षे भित्रको सडक आसपास रहेका घरहरु भत्काइ सडक चौडा गर्ने निर्णय गर्ने निर्णय गरेपछि यहाका वासिन्दा त्यसको विरोधमा उत्रिएका छन । सडकको मापदण्ड अनुसार तानसेन बजार क्षेत्रको ३,४,५ र ६ वार्डका जनता घरबार विहिन हुने अवस्था भएकाले यसको विरोध गर्नुु परेको पिडितहरुको भनाइ छ ।

नगरपालिका भित्रका बस्ती जोगाउनका लागि विगतमा दलीय संयन्त्रको निर्णय र नेपाल सरकारले राजपत्रमा प्रकाशित सूचना विपरीत स्थानीय सरकारले आफ्नो मापदण्ड निर्माण गरेपछि सडक किनाराका स्थानीय बासिन्दा नगरपालिकाको निर्णयको विरोधमा आन्दोलित भएका हुन् ।

तानसेन नगरपालिकाले यहाको होलाङ्दी– बसपार्क– बतासे – ढुङ्गाखानी सडकसँग जोडिएका उपभोक्ताहरुले १० मिटर सडक मापदण्ड कायम गरी सडक चौडा गर्ने निर्णय गरेको थियो । १० मीटर सडक चौडाको मापदण्ड लागू गर्दा गर्दा घरवार विहिन हुनुपर्ने अवस्था सिर्जना हुने भएकाले निर्यण तत्काल सच्चाउन माग गर्दै विरोधमा उत्रिएक सरोकारवालाहरुले वताएका छन् ।
नगरपालिकाको गत फागुन १५ गते बसेको बोर्ड बैठकले शहरी यस अघि कायम रहेको सडकको दायाँ बायाँ साढे ४ मिटरको बाटोलाई १० मिटर चौडा बनाउने निर्यण गरेको हो । पिडित घरधनीहरुले बोर्ड बैठकबाट तत्काल निर्णय सच्चाउन माग गर्दै नगर प्रमुख अशोक कुमार शाहीलाई ध्यानाआर्कषण गराएका छन् ।

२०६९ भदौ १८ गते प्रकाशित राजपत्रमा तानसेन बसपार्क ढुङ्गाखानी सडकलाई सहायक राजमार्ग कायम गर्दा ५ अर्ब भन्दा बढी क्षती हुने भन्दै होलाङ्दी धरमपानी हुँदै ढुङ्गाखानी तानसेन तम्घास सडकलाई सहायक राजमार्ग कायम गरेको थियो । सोही राजपत्रमा आधारित रहेर तत्कालीन कार्यकारी अधिकृत निरन भट्टराईको अध्यक्षतामा २०७० श्रावण १३ गते बसेको सर्बदलिय बैठकले होलाङदी बसपार्क ढुङ्गाखानी सडकलाई सहरी सडक कायम गर्दै सडक केन्द्रभागबाट दायाँ बायाँ साढे ४ मिटर कायम गरी राजपत्रमा प्रकाशित गरिएको थियो । त्यसपछी तानसेन नगरपालिकाले साढे ४ मिटर लगत कट्टा गरी निर्माण कार्यको लागि अनुमती र नक्सा पास गर्दै आएको छ ।

सर्घष समितिका देवराज ढकालले करीव ६ किलोमिटर सडक क्षेत्रमा ४ सय ५३ वटा पक्कि घर र ५ सय घडेरीका उपभोक्ता नगरपालिकाको निर्यणबाट पिडित भएकोले आन्दोलनमा उत्रिनु परेको बताए । उनले संविधान विपरित कसैको निजी सम्पति माथि डोजर लगाउने भत्काउने अतिक्रमण गर्ने अधिकार कोही कसैलाई नभएको चेतावनी दिएका छन ।

तानसेन नगर सरकारले गरेको निर्यण सँगै बैक तथा वित्तिय संस्थाले आवासीय क्षेत्रमा प्रवाह गरेको कर्जा तत्काल भुक्तानी गर्न ताकेता शुरु गरेको, घर घडेरी धितो राखी कर्जा लिने तयारीमा रहेको उपभोक्तालाई कर्जा पक्रिया रद्द गरेको अर्का पीडित मधुदयाल सैजुले बताए । स्थानीय बासिन्दा तथा उद्योग वाणिज्य संघ पाल्पाका पूर्व अध्यक्ष राजु महर्जनले सडक चौडा गर्दैमा विकास नहुने र यहाँका व्यवसायीहरु पलायन हुने अवस्था रहेको र आवासीय क्षेत्रमा वित्तिय संस्थाले लगानी गर्न नसक्ने भएकाले नगरपालिकाले तत्काल निर्णय फिर्ता लिनुपर्ने बताए ।

मापदण्ड अनुसार बजार क्षेत्रको ३,४,५ र ६ वाडका जनता घरबार विहिन हुने अवस्था भएकाले पुरानै राजपत्रमा प्रकाशितलाई आाधार मान्नुपर्ने स्थानीय बासिन्दा एवम नेपाली काग्रेसका नेता उम्मेद्वार अजयमान कर्मचार्य वताउछन ।

यस विषयमा नगर प्रमुख अशोक कुमार शाहीले सडक चौडा गर्ने निर्यणको विषयमा आकस्मिक बोर्ड बैठक राखी छलफल चलाउने वताउदै मापदण्ड कायम गरी यही चैत्र महिना भित्र संघीय सरकार सडक विभागमा प्रस्ताव पठाउनु पर्ने भएको र तानसेनमा चहल पहल बढाउन सडक चौडा बनाउनु पर्ने आवश्यकता भएकोले यो निर्णय गरिएको नगर प्रमुख शाहीले बताए ।

विगतमा तानसेन भएर जाने सवारी साधनलाई वाइपास भएर लैजानेभन्दै सहमति भएकोमा तानसेनका व्यापारीले नै वाइवास भएर सवारी साधन चलाउदा यहाको व्यापार व्यवसाय धरासायी भएको भन्दै विरोध जनाएका थिए ।

सडक चौडा पनि गर्न नदिने यहीवाट सवारी साधन पनि चलाउनु पर्ने दोहोरो चरित्र देखाउने प्रवृत्तिका कारण यहाको विकासमा प्रभाव परेको कतिपयको भनाइ छ । पछिल्लो समय संघीयताको कार्यान्वयन सँगै गाउ केन्द्रित हुन पुगेको यहाको व्यापारिक गतिविधीलाई सडक चौडा गर्ने नगर्ने किचलोले झनै वल पु¥याएको छ । जसले गर्दा यहा व्यापार गरेर वसेका खासगरि वाहिरबाट आएकाहरुले पलायन हुने मनस्थितीमा पुगेको स्थानीय एक व्यापाारीले वताए ।