राजपाद्वारा लगातार तेस्रो दिन पनि संसद अवरुद्ध


गंगा बराल, काठमाडौं ।
राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ ।राजपाले लगातार संसाद अवरुद्ध गर्न लागेको यो तेस्रो दिन हो । टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले विगत तिन दिनदेखि लगातार संसद अवरुद्ध पार्दै आएको छ ।