१३ दिनपछि रत्न अस्पतालबाट डिस्चार्ज, हजुरआमालाई लिन आँफै अस्पताल पुगे पारस


काठमाडौं– विगत १३ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न शाह सोमबार हुनुभएको छ । रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाहसहति राजपरिवारका अन्य सदस्यहरु पनि रत्न शाहलाई लिन पुगेका थिए ।

रत्न अस्पतालमा रहँदा उनको हेरचाहका लागि पूर्वरानी कोमल शाह आफैं खटिनुभएको थियो । उहाँको हेरचाहका लागि उनी पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमणमा समेत सहभागिता जनाउनुभएको थिएन् ।

डिस्चार्ज भएपछि रत्न र कोमलले उपचारको क्रममा संलग्न चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवालाका साथै स्वास्थ्य लामको कामना गर्ने सबै शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

रुघा, खोकी लगायतले ग्रस्त भई पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएपछि ९१ वर्षीय रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो ।