नेपाल समाचारपत्र, काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्नो एक वर्षे कार्यकालको प्रगति समीक्षा प्रकाशित गर्नुभएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै ऊर्जा, नवीकरणीय ऊर्जा, सिँचाइ, जल–विपद् व्यवस्थापन र जल तथा मौसम विज्ञान सेवाका क्षेत्रमा गरिने विकासको भावी मार्गचित्र सहितको गत वैशाख २५ गते जारी गरेको श्वेतपत्रमा उल्लिखित नीतिगत एवं कार्यगत मार्गचित्रले लिएका लक्ष्य अनुरुप कार्य गर्न मलाई सफल भएको मन्त्री पुनको भनाइ छ ।
उहाँका अनुसार सफलता मापन गर्ने समय अझै नआइसकेको भए तापनि श्वेतपत्रले लिएको मार्गचित्रको आधार भने बनिसकेको बताउनुभयो । नीति तथा सम्बन्धित कानँनका मस्यौदाहरु तयार गर्नमा, योजना तथा गुरुयोजनाहरु निर्माण गर्नमा र द्विपक्षीय एवं बहुपक्षीय सम्बन्ध सुदृढ गर्दै ऊर्जा र जलस्रोत विकासमा छिमेकी राष्ट्रहरुसँग सहयोग आदान प्रदान गर्न र लगानी प्रवद्र्धन गर्नमा प्राप्त भएका सफलता प्राप्त गरेको उहाँको भनाइ छ ।
प्रगति विवरणमा चालँ आर्थिक वर्षभित्र २० आयोजनाबाट २८७ मेगावाट विद्युत् उत्पादन हुने उल्लेख छ। त्यस्तै आर्थिक वर्ष २०७७÷७८ सम्म थप ४५५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने मन्त्री पुनलेजानकारी दिनुभयो ।उहाँले दर्जन बढी प्रसारणलाइन आयोजनाको सकारात्मक सुधार आएको र अरु आयोजनाकोसमेत समस्या समाधान हुने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मन्त्री पुनले माथिल्लो तामाकोशीको भौतिक प्रगति करिब ९८ प्रतिशत पँरा भइसकेको जानकारी दिँदै आयोजना तोकिएको मितिमा नै सम्पन्न हुने दाबी गर्नुभयो ।











प्रतिक्रिया