न्युजिल्यान्डका दुई मस्जिदमा भीषण गोलाबारी, ४९ मारिए

0
Shares

क्राइस्टचर्च, (एजेन्सी)
न्युजिल्यान्डको शहर क्राइस्टचर्चको दुई मस्जिदमा शुक्रबार भएको गोलाबारीमा ४९ जनाको मृत्यु भएको छ। उक्त हमलामा २० भन्दा बढी घाइते भएको बताइएको छ। न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा अर्डर्नले यसलाई ‘आतंकवादी हमला’को संज्ञा दिनुभएको छ।

सरकारले त्यहाँका सबै मस्जिदलाई ढोका बन्द राख्न निर्देशन दिएको छ। त्यसैगरी क्राइस्टचर्चका सरकारी कार्यालय तथा स्कुलहरू पनि बन्द गरिएका छन्।