निर्मला हत्या प्रकरण मुछिएका ६ प्रहरीलाई धरौटीमा छोड्न आदेश

0
Shares

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । अदालतका अनुसार प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्टमा ५ र यातनामा ४ लाख गरी ९ लाख धरौटी मागिएको छ ।

यस्तै, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको छ ।

निर्मलाकी आमा दूर्गादेवी र अनुसन्धानका क्रममा पक्राउ परेका दिलिपसिंहका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा कञ्चनपुरकी तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो ।