चीर ठड्याएसँगै सुरु भयो यस वर्षको होली (तस्विरसहित)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
रंगहरुको उत्सव होली बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ। काठमाडौँको बसन्तपुरमा बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा होलीको लिंगो ठड्याएपछि यस वर्षको होली पर्व औपचारिक रुपमा सुरु भएको हो ।वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याइएको हो। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो।

तस्विरः अनील आङदम्वे, काठमाडौं ।