७३७ म्याक्स मोडलको सबै जहाजको उडान विश्वभरी प्रतिबन्ध

0
Shares

काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडान विश्वभरी नउड्ने भएको छ । अब अर्को निर्णय नभएसम्म ३७१ वटा बोइङ ७३७ म्याक्स विमान नउड्ने भएको हो ।

आइतबार इथियोपियनको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटना भएको थियो, जसमा १५७ जनाको मृत्यु भएका थिए ।यो घटनालगतै बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले रोक लगाएका थिए ।त्यसैले बाइङले उडान नगर्ने निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् । यद्यपि, अमेरिकी अधिकारीहरुले विमान सुरक्षीत भएको दाबी गर्दै आएका थिए ।