हेटौंडामा मायाको हाटबजार

0
Shares

हेटौंडा, (नेस)। मकवानपुरे कलाकर्मी तथा फिल्म निर्माता राजेन्द्र गौतमले सम्भवतः नेपालमा सबैभन्दा धेरै कलाकार प्रयोग गर्दै मायाको हाटबजार लगाएका छन्।

उनको मायाको हाटबजारमा किनबेच गर्ने भने होइन। गौतमले आफ्नो गीत मायाको हाटबजारको छायांकन गर्दा हाटबजार नै लगाए। नेपालका सबैभन्दा धेरै कलाकार प्रयोग गरेर छायांकन गरिएको गीत मायाको हाटबजार चाँडै बजारमा आउँदै छ। गीतमाथि १२ लाख रुपियाँ खर्चेर म्युजिक भिडियो छायांकन गरिएको गौतमले बताए। गीतका लागि हेलिकोप्टरको समेत प्रयोग गरिएको छ।

शब्द र गायन गौतमकै रहेको गीतमा राम बिडारीको संगीत छ भने म्युजिक भिडियोमा आशीष र अनुप मानन्धरको कोरियोग्राफी हेर्न पाइनेछ। गीतको म्युजिक भिडियोमा सुरज योञ्जन र मोनिका लामिछानेको मुख्य अभिनय छ भने यसलाई गौतम तथा शीतल शर्माले निर्माण गरेका हुन्। भिडियो विनोद भट्टराईले खिचेका हुन्।

गायक तथा निर्माता गौतमले आफँले हेटौंडाबाट पहिलोपटक सबैभन्दा धेरै कोरस प्रयोग गरी गीत निर्माण गरेको बताए। गीत केही समयमा युट्युबमार्फत सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए।