प्रियंकालाई पति जोन्सबाट१६ करोडको कार उपहार

0
Shares

बलिउड नायिका प्रियंका चोपडाले आफ्ना पतिबाट हालै एक महँगो उपहार पाएकी छिन्। पति निक जोन्सले उनलाई १६ करोड नेपाली रुपियाँ बराबरको कार उपहार दिएका हुन्। जसको नाम उनीहरूले एक्स्ट्रा चोपडा जोन्स राखेका छन्।

प्रियंका केही दिनअघि पारिवारिक समारोहमा सहभागी हुन निकका साथ भारत फर्केकी थिइन्। हाल उनी अमेरिका फर्किसकेकी छिन्। यँएस पुग्नासाथ निकले आफ्नी पत्नीलाई सरप्राइजस्वरूप यो कार उपहार दिएका हुन्।

प्रियंकाले आफ्नो पति र कारसहितको तस्वीर इन्स्टाग्राममा शेयर गर्दै लेखेकी छिन्– ‘जब पति नम्बर वानमा आउँछन्, तब पत्नीले कार गिफ्ट पाउँछिन्। इन्ट्रोड्युसिङ एक्ट्रा चोपडा जोन्स।’

केही दिनअघि निकले आफ्नो नयाँ एल्बम सकर लन्च गरेका थिए। निकको सांगीतिक ब्यान्ड द जोनस ब्रदर्सको बिलबोर्ड हार्ट सय नम्बरमा पहिलो नम्बरमा आएको खुसीयालीमा निकले यो गिफ्ट गरेका हुन्। प्रियंकाले आफ्नो पतिको यो रेकर्डप्रति गौरवान्तित भएको बताएकी थिइन्।