झण्डै साढे तीन करोड ठगी मुद्दामा चिन्तन पुर्पक्षको लागि थुनामा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
पोखरामा जलश्रोत विज्ञका रुपमा चिनिने डा. गोपाल शिवाकोटी (चिन्तन) लाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ । उनलाई अदालतले ३ करोड ३५ लाख ठगी गरेको आरोपमा थुनामा पठाएको हो ।

चिन्तनसहित नुवाकोटका अर्का अभियुक्त बद्री थापालाई पनि थुनामा पठाइएको छ ।

यसअघि अदालतमा बयान दिन इन्कार गरेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ अधिकारीको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो।

चिन्तन केहि समय अघि गोर्खाली भुपू सैनिकको मुद्दा समेत विवादित बनेका थिए । उनी पृथ्वीनारापण क्याम्पस पोखराका सह–प्रध्यापक हुन् भने उनले लामो समय नेपाल ल क्याम्पस काठमाडौंमासमेत प्रध्यापन गरेका थिए ।

चिन्तनले मञ्जुश्री एकेडेमी खोल्ने भन्दै ठगी गरेका थिए।