विप्लवको युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा विप्लव समूहको युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ परेका छन् । त्यसको प्रहरीले पुष्टि गरेको छ ।
पक्राउ पर्ने व्यक्ति लमजुङको दोर्दी गाउँपालिका– ४ नौथर सेरामा स्थायी बसोबास भएका मंगलराज गुरुङ हुन् । उनी विप्लव समूहको युवा संगठनको जिल्ला अध्यक्ष हुन् । उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

सुन्दरबजार नगरपालिका– ९ को भोटेओडार बजारबाट गुरुङ पक्राउ परेका हुन् । उनका विरुद्धमा प्रहरीले सार्वजनिक अधिकारको अवज्ञाकारीको अभियोगमा मुद्दा चलाउने तयारी गरेको बुझिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयमा लगेर १० दिनको म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राख्ने काम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।